समाचार

सामुहिक बलात्कार ट्रकभित्रै ३ जना पक्राउ



काठमाडौं, ५ चैत ।  काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र नै ती किशोरीमाथि ३ जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।

करिब २ः०० बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरीसकेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका–९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्न ट्रकका सहचालक रहेको खुलेको छ । घटना सम्बन्धमा प्रहरीरे सुक्ष्म अनुसन्धान गरीरहेको र दोषीलाई कडा भन्दा कडा कार्वाही हुने प्रहरीले जनाएको छ । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६