समाचार

महाराजगंजको चार स्थानमा हेल्प डेक्स स्थापना



कपिलवस्तु  ५ चैत । कपिलवस्तुको महाराजगंज नगरपालिकाले विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस नियन्त्रण गर्नका लागि सिमानाकामा विशेष सुरक्षा अपनाएको छ ।महाराजगंज नगरपलिकासगं छिमिकी मुलुक भारत सगं सिमाना जोडीएको स्थानमा विशेष सर्तकता अपनउदै सिमानाकामा हेल्प डेक्स स्थापन गरेको छ । महाराजगंज नगरपलिका आपतकालिन बसेको बैठकले इन्फरेड फारहेड थार्ममिटर सहित सहित हेल्प डेक्स स्थापन गरिएको महाराजगंज नगरपलिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगंज नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, महाराजगंज प्रथामिक स्वास्थ्य केन्द्र, हरदौना सिमानाका र कोटीया सिमानाकामा हेल्प डेक्स स्थापन गरिएको नगर प्रमुख कलामले जानकारी दिनु भयो । नगरपालिका खुल्ला नाका संग जोडिएकोले नगरपालिका पनि जोखिममा रहेकोले सर्तकता अपनाईएको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गरेको छ । मंगलबार बसेको आपतकालिन बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड ,भोजभतेर पार्टि ,सभा सम्मेलन नगर्न अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो ।

               विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६