समाचार

राष्ट्रिय सकंटका बेला अबैध धन्दा : ठेकेदारद्वारा बाणगंगा खोलाको चरम् दोहन् दिउसै मेशिन हाल्दा प्रहरी र नगरपालिका मौन



 कपिलवस्तु , १० चैत  विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालका तीनै तहका सरकार हरसम्भव ढंगबाट लागिपरेका छन् । संघीय सरकार देखि स्थानीय सरकार सम्मले आफ्ना सबै श्रोत साधनलाई परिचालन गरेर कोरोनाको सम्भावित जोखिम न्यूनिकरणमा व्यस्त छन् । यसैको फाइदा उठाउदै ठेकेदारहरु नदिको चरम दोहनमा लागिपरेका छन् । जिल्लाको बाणगंगा नगरपालिका अन्र्तगतको बाणगंगा तथा भगलापुर नाकामा ठेकेदारले अवैध रुपमा मेशिन हालेर नदी दोहन गरिरहेका छन् । विगत ५ दिन देखि ठेकेदार कम्पनी एन बि कन्ट्रक्सनले ठेक्क सम्झौता तथा आई ई ई, ईआइए प्रतिवेदन विपरित एक्साभेटर, लोडर मेशिन हालेर नदी दोहन गरिरहेको छ । बाणगंगा नगरपालिका ८ मधुबनधाम किनारको बाणगंगा नदीबाट ठेकेदारले विहानै देखि लोडरबाट ट्याक्टर, ट्रिपरमा मिस्कट हाल्ने गरेका छन् ।

स्थानीयबासीहरुले ५ दिन यता दिनहु दिउसो र रातीमा मेशिन चल्ने गरेको आरोप लगाएका छन् । शनिबार सो क्षेत्रबाट आउदै गर्दा स्थानीबासी पोमनारायण पौडेलले नदीमै मेशिन हालेर नदीजन्य पर्दाथ ओसारीरहेको भिडियो तथा तस्वीरहरु लिनुभएको थियो । “अनुगमनकारी निकाय र सरोकारवालाले चासो नदेखाएको पाइयो” उहाले भन्नुभयो । नदीजन्य पर्दाथको ठेक्का लगाउने बाणगंगा नगरपालिका देखि १ किमीको दुरीमा रहेको बाणगंगा नदी अनुगमन तथा अवैध गतिविधि नियमनमा नगरपालिकाले चरम लापरवाही गरेको स्थानीयबासीहरुको आरोप छ । कथित समाजसेवीका खोल ओढेका केहि व्यक्तिले ठेकेदार संग मिलेर शेयर हालेको र समाजलाई सहयोगका नाममा मन्दिर, क्लब, समाजलाई चन्दा दिने गरेका कारण अवैध कार्यलाई स्थानीय केहि अगुवाहरुले पनि सर्मथन गरेको श्रोतको दाबी छ । 


जेष्ठ मसान्त सम्मको लागि बाणगंगा पुल २ किमी टाढा देखि मधुबन धाम क्षेत्र र जेठ १५ सम्मको लागि सुठौली भगलापुर नाकाबाट ३७ हजार ८ सय ६ घनमिटर नदीजन्य पर्दाथ उत्खनन्का लागि एन बी कन्ट्रक्सनलाई १ करोड ८६ लाख ४५ हजारमा ठेक्का दिएको थियो । ठेक्का सम्झौतामा स्पष्ट रुपमा मेशिन प्रयोग गर्न नपाइने, नक्कली रसिद बनाउन नपाइने, बेलुकी ६ बजेपछि संकलन गर्न नपाइने, १ मिटर बढि खन्न नपाइने र नदी किनारको १० मिटर दाया बाया बाट उत्खनन् गर्न नपाइने छ । तर ठेकेदारले यी सबै मापदण्ड मिचेका छन् । मधुबन धाम क्षेत्र तथा त्यसको २ सय मिटर तल किनारबाटै नदीजन्य पर्दाथ निकासी गरिएको छ, त्यो पनि मेशिनबाट । 

ठेकेदार समूहले नक्कली ठेली समेत प्रयोग गरेको श्रोतको दाबी छ । सम्झौतामा तोकिएको परिमाण करिब करिब सकिएपनि ठेकेदारले नगरपालिकाबाट प्रमाणित १०,००० सम्मको ठेली रसिद नम्बरको थप ३ वटा नयाँ सिरियलको रसिद चलाइरहेका छन् । त्यति मात्र होइन ठेकेदार समूहले बाणगंगा नदी किनारमै चलाइरहेका सिद्र्धाथ एग्रीगेट वाशिङ्ग उद्योग, ओम एकता बालुवा प्रशोधन उद्योगमा बिना रोयल्टी रसिद काटेर सामाग्री पठाइरहेका छन् । आफ्नै लगानी भएकाले सामान्य कागजमा कति ट्रिप गयो भनेर लेख्ने र पछि हिसाब गर्ने गरेको छन् । बाणगंगा किनारमा रहेका बालुवा तथा क्रशर उद्योगमा विक्री मौज्दात र स्टक रहेका सामाग्री मात्रै मापन गर्ने हो भने बाणगंगा मात्र होइन बुद्धभूमी, कपिलवस्तु नगरपालिकाले ठेक्का लगाएको परिमाण भन्दा बढि सामाग्री निस्कने स्थानीय अगुवाहरुको दाबी छ । 

नियमन तथा अनुगमनको जिम्मा पाएको बाणगंगा नगरपालिकाले आवश्यक श्रोत साधनका कारण प्रभावकारी अनुगमन गर्न नसकेको स्वीकार गरेको छ । बाणगंगा कार्यक्षेत्र हेर्ने पिपरा प्रहरीको ठेकेदार समूह संग राम्रो सम्बन्ध रहेका कारण अवैध कामलाई समेत वेवास्ता गर्दै आएको र नगरपालिकाले नियन्त्रणका लागि पहल गर्दा समेत चासो नदेखाउने गरेको श्रोतको भनाई छ । नगरपालिकाले १ तह प्रशोधित सामाग्री नगरपालिका बाहिर निकासी गर्ने निर्णयको पनि खिल्ली उडाउदै ठेकेदारले नदीबाटै निकासी भएको मिस्कटहरु रुपन्देही तथा बुद्धभूमी, कपिलवस्तु नगरपालिका गइरहेको छ । 


प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६