कपिलवस्तु १० चैत । कोरोना संक्रमणबाट जोगिनको लागी कपिलवस्तुका अति आवश्यक वाहेकका सवै पसल वन्द गर्ने भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा वैठक वस्दै प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले खाद्यान्य, ग्यास, औषधी पसल वाहेकका सवै पसल वन्द गरीने वताउनु भयो । जिल्लाका सवै स्थानिय तहमा निर्दैशन दिदै तत्काल लागु गरीनु पर्ने वताउनु भयो । जिल्लामा रहेका उद्योग कलकारखाना, होटल, हाटवजार, लगायत अति आवश्यक सेवा वाहेकका पसल समेत वन्द हुने छन ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले स्थानिय निकायका प्रमुख तथा कर्मचारी विच वैठकको आयोजना गर्दै हरेक स्थानिय तहमा कम्तीमा ४ वेडको क्वारेनटाईन स्थापना गर्न निर्दैशन समेत दिएको छ । क्वारेन्टाईन स्थापना नभएका वुद्धभुमी नगरपालिका, विजयनगर गाउपालिका, मायादेवि गाउपालिका, शुद्धोधन गाउपालिका, यसोधरा गाउपालिका, वाणगंगा नगरपालिकामा २४घण्टा भित्र क्वारेन्टाईन स्थापना गर्नु पर्ने निर्णय भएको छ ।
त्यसैगरी सुचना आदन प्रदानमा सहजताको लागी जिल्ला प्रशासन कार्यालयले सुचना डेस्क समेत स्थापना गरेको छ । सुचना डेस्कले हरेक दिनको गतिविधी रेकर्ड राखिने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भयो । सिमा क्षेत्रका कडाईका साथ सुरक्षा कर्मि परिचालन भएको कार्यक्रममा वताईएको थियो । तत्काल उत्सव महोत्सव लगायतका कार्यक्रम वन्द गर्ने निर्णय समेत भएको छ । विदेश बाट आएका मानिसको विवरण तयार गरी क्वारेन्टाईनमा राख्ने निर्णय समेत भएको छ । विदेश वाट आएका मानिस क्वारेन्टाईन बाट नआए जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय समेत भएको छ ।
प्रतिक्रिया