ब्रेकिंग न्युज

हात्तीको आक्रमणबाट दुई जना घाइते



सिन्धुली १३ चैत्र । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उहाँहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिनुभयो ।घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उहाँहरुलाई सुँढले तानेर फाल्दा घाइते हुनुभएको हो । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उहाँले जानकारी दिनुभयो ।विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६