ब्रेकिंग न्युज

हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ



धनुषा १३ चैत्र । धनुषाको शहीद नगरपालिकामा होलीपर्वमा एक व्यक्तिको हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ । सो नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।शहीदनगरको डिहवारस्थित आफ्नै घर कोठामा सुतिरहेका राजकिशोरमाथि फागुन २७ गते होलीपर्वमा कङ्क्रिट प्रहार गरी हत्या गरेको बताइएको छ । नियन्त्रणमा लिएका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६