ब्रेकिंग न्युज

संक्रमित युवतीका दोस्रो सहयात्री कपिलवस्तुमा फेला



कपिलवस्तु  १४ चैत्र  । कोरोना संक्रमित युवती संगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती रहेको रहस्य खुलेको छ । ठेगाना नखुलेका धर्मराज अहिर कपिलवस्तुका रहेको फेला परेको छ । उनी कपिलवस्तु जिल्ला मायादेवि गाउपालिका ५ अठकोनियाका हुन । उनलाई प्रहरीले पहिचान गरी क्वारेन्टाईनमा राखेको छ । उनलाई छत्रपाली तिर्थादेवी मा.वी. पकडीमा रहेको  क्वारेन्टाईनमा राखिएको छ । मायादेवी गाउ पालिकाको क्वारेन्टाईनमा २ जना ब्याक्ति वसेका छन । अर्का व्याक्ती नुर मोहम्वद धोवी पनी कोरोना संक्रमित युवती संगै यात्रा गरेका थिए । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिर चैत्र ४ गते कतारवाट आएका थिए । उनी सवार विमानमा कोरोना संक्रमित युवती पनी रहेकोले क्वारेन्टाईनमा राखीएको वताउनु भयो । उनको स्वास्थ्य स्थिती सामान्य रहेको छ । शरिरको तापक्रम चेक गर्दा सामान्य देखिएको छ । १४ दिन क्वारेन्टाईनमा राख्ने छौ । यहा रहेका दुवैमा कोरोनाको कुनै लक्षण देखिएको छैन मायादेवी गाउ पालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले वताउनु भयो । 

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६