ब्रेकिंग न्युज

जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम



ललितपुर, ५ असोज

जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट शिक्षण अस्पतालले जिल्लाका निजी अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको जानकारी दिइयो । कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरिएको थियो । किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको महत्वपूर्ण मान्यता प्राप्त भएको प्रतिक्रिया दिनुभयो । उक्त उपलब्धिले स्वास्थ्य सेवा क्षेत्रमा अस्पतालको प्रतिबद्धता र कार्यसम्पादनलाई थप सुदृढ बनाएको उहाँले बताउनुभयो । अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता छ । विसं. २०६२ देखि ग्वार्कोमा किष्ट शिक्षण अस्पतालका रुपमा सञ्चालनमा छ । उक्त अस्पतालले जटिल तथा गम्भीर स्वास्थ्यका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि तथा आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । –––

प्रकाशित : ५ आश्विन २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६