प्रदेश

नया कैदि बन्दिलाई कारगारमा क्वारानटाइनको व्यवस्था , ९जना कैदी बन्दी रिहा



कपिलवस्तु १७ चैत्र । कपिलवस्तु जिल्ला कारगारले नया आउने थुनुवा तथा कैदि बन्दी को लागी क्वारेनटाइन को व्यवस्था गरेको छ । कोरोना भाइरस फैलन सक्ने भन्दै कारगार व्यवस्थापन विभाग बाट आएको परिपत्र अनुसार नया आउने थुनुवा कैदी बन्दि लाई १४ दिन सम्म क्वारेनटाइन मा राखिने भएको छ । कारगारमा भाइरस फैलिन नदिनको लागी महिला वार्ड लाई केहि समयको लागी क्वारेनटाइन बनाइएको कारागारका जेलर राकेश पाण्डेयले बताएका छन । कैदीबन्दीका आफन्तहरुलाई भेट्न दिने कार्यक्रम समेत हाललाई रोक लगाईएका पाण्डे ले बताएका छन । यस्तै गरि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दीलाई पनि रिहा गरिएको पाण्डेले जानकारी दिएका छन । यस्तै गरी पाण्डे बताए छोडिएको नौ जनामध्ये बहुविवाहका २, आगलागी ४, कुटपीट र लुटपीटका २ र सवारी ज्यानका एक जना रिहा भएका हुन् । दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी रहेको पाण्डेले जानकारी दिएका छन । मुलुकी फौजदारी संहीता कार्यविधि २०७४ को दफा १५५ अनुसार एक वर्षसम्म कैद बाँकी रहेका कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायाधीशको ईजलासबाट छाड्ने व्यवस्था मिलाउन सर्वोच्चले प्रेस विज्ञप्ती जारी गरेको थियो ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६