ब्रेकिंग न्युज

मधौलिया सामुदायिक वनको १ करोड ६० लाखभन्दा बढीको कार्यक्रम प्रस्ताव



मधौलिया ५ मंसिर

मधौलिया सामुदायिक वन उपभोक्ता समूहको २३ औँ साधारण सभा तथा ८औँ अधिवेशन र मधौलिया वन उद्यानको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ।


वनका कार्यवाहक अध्यक्ष तुल्सीप्रसाद अर्यालको अध्यक्षता तथा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा चौधरीले सामुदायिक वनको संरक्षण, संवद्र्धन र दिगो व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

उहाँले वनलाई जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन, स्थानीय रोजगारी र आयआर्जनको आधार बनाउनुपर्नेमा जोड दिनुभयो।
सभामा कोषाध्यक्ष सोमकुमारी बन्जाडेले आर्थिक वर्ष २०८२/०८३ को आयव्यय प्रतिवेदन, लेखा समिति संयोजक विष्णु बहादुर केसीले लेखा समितिको प्रतिवेदन र कार्यवाहक अध्यक्ष तुल्सीप्रसाद अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ करोड ६० लाख रुपैयाँभन्दा बढीको प्रस्तावित वार्षिक कार्यक्रम अध्यक्ष खडानन्द गौतमले प्रस्तुत गर्नुभयो।

प्रस्तावित कार्यक्रममा वन संरक्षण, व्यवस्थापन तथा विकासका योजनालाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधिसहित विभिन्न क्षेत्रका अतिथि तथा उपभोक्ताको सहभागिता रहेको थियो।

प्रकाशित : ६ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६