विचार/ब्लग

एकतामा बल हुन्छ, उच्च सतर्कता अपनाए कोभिड–१९ सँग युद्ध पक्कै जित्न सकिन्छ



दिनहुुँजसो एकान्तबासबाट सुनिने विश्व परिस्थिति र भोगाईका बीच पुकारिरहेको एक मात्रै वाक्य हो– विश्वलाई अहिलेको परिस्थितिबाट छिट्टै राहत मिलोस । झस्किदै समाचारका प्रत्येक हेडलाईनलाई धैर्यतापुर्वक सुन्दछु हेर्दछु अनि मलिन अनुहार बनाउदै  हात्तीलाई कमिलोले जित्छ भन्ने भनाई  चरितार्थ भएको आभास दिलाउछु । यसैबीच सामाजिक संजालका भित्ता–भित्तामा सजिएका पुराना यादगर फोटो र साहित्यिक पारामा सजिएका कमेन्टलाई नियाल्छु त्यसै माथी विभिन्न परिकारमा सजिएका डिसलाई हेर्छु लाग्छ साच्चिकै मानव विषम परिस्थितिसंग मजाग मानिरहेको छ । यसैबीच समाचारका प्रत्येक हेडलाईनमा ब्रेकिङ्ग न्यूज बनेर आउने शब्द–शब्दमा भरिएका कोभिड–१९ र यति मान्छेको मृत्यु । सोच्दछु सामाजिक सुरक्षाको एक जिम्मेवार मान्छे त्यसैमाथी विषम परिस्थिति घण्टी बजाएर नआए पनि अन्तर्राष्ट्रिय स्तरमा बजाईरहेको घण्टीका बीच एकले अर्कोलाई सघाउनु सामाजिक सुरक्षाको महत्वपुर्ण पाटो हो। जस्तोकि राज्यले जनतालाई दिने राहत मात्र नभई जनताले राज्यलाई र जनताले  जनतालाई अफ्ट्यारोका बिच सघाउनु पनि सामाजिक सुरक्षा हो। यसलाई हाल विश्वले भोगिरहेको कोभिड–१९संग दाजेर हेर्नु अझ सान्दर्भिकता हुन्छ । उखानै छ मान्छेलाई ऋण लागोस तर दीन नलागोस । जब मान्छे स्वस्थ छ र त मात्र सफल भविष्यको परिकल्पना गरेको हुन्छ । यो परिस्थिति पुनः नआउला भन्न सक्ने अवस्था छैन ।

         जब एउटा राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने हरेक खालका सामाजिक सुरक्षाको जोहो बेलैमा गर्न सक्दैन तबसम्म राज्य जतिसुकै बलियो भएपनि यसले पार्ने प्रभाव नकारात्मक नै हुन्छ । राहत, कला,कौशिल्ता त यसका क्षणिक पाटोमात्र हुन् । विश्वमा क्यौपटक दोहोरिएका यिनै कहालीलाग्दा कारुणिक र हृदयविदारक घटना ले पटक(पटक खतराको घण्टी बजाईरहेका हुन्छन् । आज हामी तिनै खेतवारि र बाझिएका पाटालाई नहेरी डलरको मोहमा भौतारिन्छौ र लिन्छौं क्षणिक आनन्द । अर्थतन्त्रका हिसाबले मजबुत देशहरु जो अहिलेको विषम परिस्थितिका बीच गुज्रिरहेका छन् । त्यसको बलियो संयन्त्र राज्य आर्थिक मात्र नभई संकट सामनाको पुर्व तयारी पनि हुन आउँछ । जुन सामाजिक, भौतिक, नागरिकप्रतिको बफादारिता पनि हुन आउँछ। बेलैमा सरकारी संयन्त्रको परिचालन, सजग नागरिक र पुर्ण जनउत्तरदायी सरकारको आवश्यकता त्यतिबेला मात्रै पुष्टी हुन्छ जब हरेक तहतप्काले आफ्नो जिम्मेवारी कसरी निर्वाह गरिराखेको हुन्छ । नेपाल जस्तो विभिन्न पौठे जोरीसँग सामना गर्दै भर्खरमात्र नयाँ नेपालको महान आकांक्षा सहित उदाएको बखत कोभिड–१९ संग सामना गरिरहेको छ । 

        वि.सं. २०७५ मङ्सिर ११ गते सम्मानिय प्रधानमन्त्रीज्यु बाट समुद्घाटन भएको सामाजिक सुरक्षाकोषको दायित्व थप बोध हुने खालका परिमार्जित स्वरूपका कार्यक्रम ल्याईनुपर्दछ । बेरोजगार सहायता कार्यक्रम, सिपमुलक तालीम र सरकारी संयत्रको यथासिघ्र परिचालन हुनुपर्दछ । दुःखेका घाउमा मलम लगाउदै सरकारी संयत्रको यत्रतत्र पहुँच र सुविधासम्पन्न बनाईराख्नुपर्छ । सरकार अडिग र जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने अवस्थाको सिर्जना हुनुपर्दछ। त्यसो त इतिहासका पानाले हामीलाई पढाईरहेछन यस्तो महामारी जुनसुकै बेला आउन सक्छ र त पुनः विश्व महामारीबाट गुज्रिरहेको छ । भनिन्छ एकतामा बल हुन्छ आज विश्व कोभिड–१९ को महामारी भइरहेकै बेला उच्च सतर्कता अपनाउन सकियो यो युद्ध पक्कै जित्न सकिन्छ । चीन, इटाली, अमेरिका लगायतका क्यौ राष्ट्रहरुबाट अकालमा ज्यान गुमाउनुभएका हजारौं पार्थिव शरीर प्रति हार्दिक श्रद्धा सुमन ! लकडाउनको पूर्ण पालना गरौं समस्त मानव चोलालाई यो परिस्थितिबाट छिट्टै राहत मिलोस ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६