पर्यटन

१५ दिने कफि वारिस्ता तालिममा किशोरीहरु उत्साहजनक सहभागिता



पशुपति गिरी,बाणगंगा ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा नगर भित्रका किशोरीहरुका लागि सीप तथा क्षमता बिकास तालिम अन्तर्गत १५ दिने कफि वारिस्ता तालिमको दशौं दिन बाणगंगा नपरपालिका का मेयर चक्रपाणि अर्याल,प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी,बाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्त,उद्योग बाणिज्य संघ कपिलवस्तुका उद्योग उपाध्यक्ष र यस कार्यक्रमका आयोजक तथा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलको टोलिले अनुगमन गरेका छन् ।

उक्त १५ दिन चल्ने कफि वारिस्ता तालिममा उत्साहजनक सहभागिता रहेको संघका अध्यक्ष रविन्द्र पौडेलले बताउनु भयो । उहाँले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुने र नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको जानकारी गराउदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागिलाई अनुरोध गर्नुभयो । उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउदै सक्षम ब्यक्तीको माग बजारमा बढ्दै गएको बताउनु भयो ।

बाणगंगा नगरपालिकाका ११ वटै वडा बाट १५ जनाको सहभागिता रहेको छ । युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको तालिम होटल तथा पर्यटन सघ कपिलस्तुको आयोजना र वाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६