ब्रेकिंग न्युज

खुत्खुते सामुदायिक वनको १३ औं साधारणसभा सम्पन्न



पशुपति गिरी, पौष १४ कपिलवस्तु।

सम्वृद्धिका लागि वन भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका वडा नं.९ भर्लाबास मा रहेको खुत्खुते सामुदायिक वन उपभोक्ता समूहले आफ्नै भवनको परिसरमा १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नंं ९,अन्तर्गतमा २ सय ५३ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस खुत्खुते सामुदायिक वनको १३ औं साधारण सभा सम्पन्न भएको हो ।

सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष भीमबहादुर पुनले प्रस्तुत गर्नुभएको थियो। साथै चालु आर्थिक बर्ष २०८०।०८१ का लागि १ करोड ८२ लाख बराबरको अनुमानित लोकप्रिय बजेट पेश गदै वन उपभोक्ता समूहबाट एक सामुदायिक वन एक उद्यम संचालन,अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग,गरिवि न्युनिकरण तथा जिविकोपार्जन सहयोग कार्यक्रम,आर्यआर्जन व्यवसायमुखी तालिम , महिला सशक्तिकरण, सामुदायिक विकास ,वन विकास,वन संरक्षण गर्ने, स्वास्थ्य शिविर सञ्चालन,खेलकुद व्यवस्थापन गर्ने लगायत विभिन्न कामहरु गर्ने बताउनु भएको थियो । कोषाध्यक्षले आर्थिक वर्ष ०७९।०८० को कुल १ करोड ३६ लाख बराबरको आय–व्यय सार्वजनिक गर्नुभएको थियो । भने लेखा समिति सदस्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत विजयराज सुवेदीलेले हावामा उडेको चिजलाई प्रयोगमा ल्याउदा पछिल्लो समयमा वनले फाइदा ल्याउन सफल भएको बताउनु भयो ।उहाँले वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन नेपालमै कपिलवस्तु जिल्लाबाटै शुरवात भएको भन्दै प्राकृतिक श्रोतलाई सही सदुपयोग गरी वन व्यवस्थापन अगाडी बढाउँदै लैजानुपर्ने,वन अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने,सामुदायिक वनमा रहेका खोल्सा खोल्सीहरुलाई नियन्त्रण गर्नुपर्नेमा सामुदायिक वनको विशेष पहल गर्नुेपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले वनको दिगो संरक्षण र सम्बर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताउदै वडासंग समन्वय,सहकार्य गरी पूर्वाधारको काममा सहयोग पुराउने बताउनुभयो।

सो कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिँगेका सहायक वन अधिकृति बसन्त थापा,खोजिपुर सामुदायिक वनका अध्यक्ष दिपक थापा, कोइली चौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल, भलवाड स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझी,पत्रकार बाबुराम रायमाझी, सल्लाहकार सदस्य,लेखा समिति संयोजक ,टोलविकास संस्थाका अध्यक्ष लगायतले आ –आफनो धारणा राख्दै साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।

उक्त साधारण सभा बाट भर्तापुर आधाारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी उक्त वन उपभोक्ता समुह भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान ,नयाँ किरण सहकारी संस्थालाइ कम्प्युटर त्यस्तै वनका पुर्व कार्यसमितिका पदाधिकारी र सल्लाहाकारहरुलाई पनि मायाको चिनो सहित सम्मान गरिएको छ ।

कार्यक्रममा नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेल,अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल ,वनका पूर्व कार्यसमितिका पदाधिकारी, पत्रकार लगाएतको आतिथ्यतासहित समुहका उपाध्यक्ष सकुन्तला आचार्य को स्वागत र सचिव ख प्रसाद बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६