कपिलवस्तु १८ चैत्र । लुम्विनी साझेदारी बन कञ्चन रुपन्देही एक दशकमा वन संरक्षण,व्यवस्थापन र तस्करी नियन्त्रणमा राम्रो नतिजा हासिल गर्न सफल भएको ब्यवस्थापन समितीका अध्यक्ष जविउल्लाह खाँले वताउनु भएको छ । उहाले वन पदाधिकारी ,कर्मचारी र स्थानिय उपभोक्ता गरी तीनवटै पक्षले संरक्षण गर्नेकामलाई आफ्नो दायित्व ठानेकाले सफलता मिलेको वताउनु भयो ।
तीनवटै पक्षको अथक प्रयासले जंगलमा चोरी तस्करीमा कमी आएको बताउनु भयो । २०६७मा स्थापना भएको साझेदारी बन यतिबेला पौने २ लाख उपभोक्ताको आशा र भरोसााको क्षेत्र बनेकोछ । करिव १३२१ हेक्टर क्षेत्रफलमा फैलिएको यो बनले कञ्चन गाउपालिका, सैनामैना नगरपालिका ,गैडहवा गाउपालिका र लुम्विनी सास्कृतिक नगरपालिकाका समस्त उपभोक्तालाई सुविधा पुराउदै आएको छ । वनको बैज्ञानिक तवरवाट विकास र दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्धेश्यले स्थापित वन वि स २०६७ सालमा जिल्ला वन कार्यलय रुपन्देहिमा साझेदारीका रुपमा दर्ता भएको हो ।
साझेदारी दारी बन ब्यवस्थापन समितिका अध्यक्ष जविउल्लाह खांले २०६९/७० तिर वैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु हुँदा संरक्षण होला भनेर धेरैले पत्याउन नसकेको वताउनु भयो । त्यतिबेला बैज्ञानिक बनको अवधारणावारे बनका सिमित कर्मचारीले मात्र बुझेको वताउदै बन ब्यवस्थापन समिति र उपभोक्ताहरुमा खासै जानकारी नरहेको औल्याउनु भयो ।
प्रतिक्रिया