ब्रेकिंग न्युज

शुद्धोधनमा क्वारेन्टाइन बसेका ४९ जना भोकै ।



कपिलवस्तु , १८ चैत

विश्वव्यापी रुपमा तिब्रताका साथ फैलिरहेको कोरोना संक्रमणका नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्यो । सोहि अनुसार कपिलवस्तु प्रशासनले भारतबाट आउने नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र सोको लागि सेवा सुविधा सहित क्वारेन्टाइन बनाउन सबै १० वटा स्थानीय तहलाई निर्देशन दियो । लगत्तै सबैले क्वारेन्टाइन बनाए । भारत तथा तेश्रो मुलुकबाट क्वारेन्टाइनमा आइ बसेकाहरुले सेवा सुविधा त के खान पिउन समेत पाएका छैनन् । कारागारमा पाइने सुविधा समेत नपाएका ति क्वारेन्टाइनमा बस्नेहरु अहिले घर जान खोजिरहेका छन् । 

जिल्लाको शुद्धोधन गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा भारतबाट आएका ४९ जनालाई राखिएको छ । निगरानीका लागि १४ दिन सम्म बस्नुपर्ने भन्दै उनीहरुलाई क्वारेन्टाइनमा त राखियो तर कुनै सुविधा दिइएको छैन । “एउटा गम्भीर घटनाको अपराधीलाई २ छाक खाना दिइन्छ तर हामीलाई यहाँ राखे देखि खाना त के चिया समेत दिइएको छैन” वडा नं.३ का बालगोबिन्द चौधरीले भन्नुभयो । क्वारेन्टाइनमा बसेका अर्का शुद्धोधन २ नन्दनगरका रामचन्द्र चौधरीले ५ किमी टाढाबाट आमाले खाना ल्याएर दिने गरेको बताउनुभयो । दिउसो १ घण्टा हिडेर घरबाट खाना आउछ, २ बजे खाना खान्छौ , बचाएर त्यसैलाई राती खान्छौ, शुद्ध पिउने पानी छैन, शौचालय पनि दुर्गन्धित छ, लामखुट्टे लाग्छन् , गर्मी बढेको छ, पंखा छैन कसरी बस्ने” उहाले भन्नुभयो । गुनासो गर्ने बालगोबिन्द र रामचन्द्र दुबै शुद्धोधन ६ टिटिहिरीया स्थित कालीमाई प्रा.वि. क्वारेन्टाइनका हुन् । उनी जस्तै त्याहा रहेका ७ जनाको पीडा एउटै छ । गाउँपालिका भरी ६ स्थानमा क्वारेन्टाइन् राखिएको छ । तर खाजा, खाना, सफा पानी, क्वारेन्टाइनको सरसफाई तथा व्यवस्थापन छैन । अरु त अरु त्यहा प्रहरी बाहेक स्वास्थ्यकर्मी र अन्य जिम्मेवार व्यक्तिहरु समेत छैनन् । 

शुद्धोधनमा अर्को रोचक तथा डरलाग्दो घटना सार्वजनिक भएको छ । क्वारेन्टाइनमा बस्ने अधिकांश व्यक्तिहरु भारतबाट आएका हुन् । उनीहरु संगै सयौ व्यक्ति आएका थिए । तर वडा अध्यक्ष, सदस्यहरुले क्वारेन्टाइन बस्न पर्दैन भन्दै तापक्रम मापन गरेर उनीहरुलाई घर लगेको क्वारेन्टाइनबा बसेका रामचन्द्रले भन्नुभयो । “हाम्रो कोहि ठूलो मान्छे नेता छैन, चिन्दैनौ त्यसैले यहाँ राखेको छ, अरुलाई नेताको जिम्मामा घर पठायो” उहाले भन्नुभयो । गाउँपालिका अध्यक्ष निसार खाँनले क्वारेन्टाइनका लागि खाना बनाउने दिने र व्यवस्थापन गर्ने व्यक्ति नपाएको हलुका अभिव्यक्ति दिनुभएको छ । कोरोना लाग्छ भन्दै कोहि आउन मान्दैनन् के गर्ने ? उहाले भन्नुभयो । शंकास्पद व्यक्तिहरुलाई जनप्रतिनिधी र नेताले जिम्मामा घर लगेको बारे गुनासो आएको बताउदै यसबारे आवश्यक छानबिन गरिरहेका बताउनुभयो । 

शुद्धोधन ६ टिटिहिरीया स्थित कालीमाई प्रा.वि.मा ७ जना राखिएको छ । 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६