प्रदेश

आइशोलेशनमा मृत्यू भएका थापाको परिवारलाई क्षतिपूर्ति र राहत दिन माग ,उपचारमा लापरवाहीको आरोप



रुपन्देही १९ चैत  नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश पाँचका सांसद बीरबहादुर रानाले बुटवलको धागो कारखानामा वनाईएको अस्थायी आईसोलेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवारलाई क्षतिपूर्ति र राहत दिन सरकारसंग माग गर्नुभएको छ । सांसद रानाले एक विज्ञप्ती जारी गर्दै पाल्पाको रिब्दीकोट गाउँपालिका–५, कुसुमखोला स्थायी घर भई सैनामैना नगरपालिकामा अस्थायी बसोवास गर्दै आएका ३४ वर्षीय बाबुराम थापाको वुटवलमा उपचारको क्रममा भएको मृत्युले आफुलाई अत्यन्तै दुखित वनाएको समेत बताउनु भएको छ ।

        उहाँले रुपन्देहीको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचारार्थ थापा सामान्य बिरामी भई आइसोलेसन वार्डमा चैत १३ गते भर्ना भएपनि १६ गते उनको मृत्यु भएकोमा त्यसमा लापरवाही भएको देखिएको बताउनु भयो । उपचारका लागि भर्ना भएका थापाको उचित उपचार पाउन नसकी मृत्यु भएको खबरले मर्माहत तुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

        सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा जो सुकै नागरिकलाई कोरोनाको आशंकामा क्वारेन्टाइन र आइसोलेसनमा राख्दा पुनः अन्य नागरिकले अकालमा ज्यान गुमाउन पर्ने अवस्था नदोहोरियोस् भन्दै सांसद रानाले संघीय, प्रदेश र स्थानीय सरकारबाट क्षतिपूर्ति र परिवारमा उचित राहतको व्यवस्था गर्न माग गर्नुभएको छ ।  सांसदले यस दुःखद् घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गर्नुभएको छ । 

        सांसद रानाले विज्ञप्तीमा भन्नुभयो– ‘यस्तो अवस्थामा बिरामीको कोरोना संक्रमण नभई अन्य कारणले मृत्यु हुने अवस्था आउनु दुःखद भएकाले अन्य स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइन र आइसोलेसन वार्डप्रति पनि गम्भीर प्रश्न उव्जाएको छ ।’

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६