ब्रेकिंग न्युज

राहतमा चुच्छ राजनीतिले प्रहरीलाई थप हैरानी, कतै राहत लुटपाट कतै तालाबन्दी,जनतालाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित ,२ उपरिक्षकको उस्तै अनुभूति



कपिलवस्तु २५ चैत्र कोरोनाभाइरसको महामारीकाबीच यतिबेला लकडाउनको कार्यान्वयमा नेपाल प्रहरी मेरुदण्डका रुपमा खटिदै आएको छ । प्रहरीले यो काम गरिरहदा एकातिर आधारभूत स्वास्थ्य सुरक्षा सामाग्री अभावमा परेशानीमा छन् भने अर्काे तर्फ रातहमा  तुच्छ राजनीति स्वार्थ घुस्दा प्रहरीलाई सुरक्षा चुनौती थपिएको छ । कपिलवस्तुका २ स्थानीयतहमा कतै सामाग्री लुटिएका छन् । कतै स्थानीयतहको कार्यलयमा तालाबन्दी भएका छन् । यसले प्रहरीलाई थप हैरानी र बेचैनी वनाएको छ ।

    घटना विवरण अनुसार महाराजगंजमा राहतमा अनियमितता भएपछि वडा कार्यलयमा तालावन्दी भएको छ । यशोधरामा राहत  सामाग्री लुटिएको छ । पालिकाले जथाभावि आफ्ना मान्धेलाई मात्र वाडेपछि लुटपाट भएको  समाचार आएकोछ । यता मायादेविमा राहत वितरण र सचेतना फैलाउने क्रममा धेरै भीडभाड भएपछि पालिका अध्यक्ष बजरंगी कुर्मीको गाडीलाई सुरक्षाकर्मीले रोकेको स्वमय अधयक्ष कुर्मीको प्रेस विज्ञप्तीमा उल्लेखछ । 

        यता लकडाउनको बेला सिमानाको सुरक्षामा खटिने देखि  चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाउनुका साथै कडाई गरिएको छ ।शान्ति सुरक्षाकालागि खटिएका प्रहरी भने कति सुरक्षित छन् त ?यसमा ३ वटै तहका सरकारले उचित ध्यान दिन सकेका छन् की छैनन् ? प्रेसपाटीले अध्ययन शुरु गरेको छ । जस अनुसार सडकमा खटिएका प्रहरीहरुले आवश्यकमात्रामा सुरक्षाका उपाय अपनाउन सकेका छैनन् ।

        अधिकांश प्रहरीको हातमापञ्जा छैनभनै कतिपय प्रहरीले त मास्क समेत पाएका छैनन् । अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । तर बिडम्बना सुरक्षादिने सुरक्षाकर्मीमा अत्याबश्यक हुने स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव खट्किरहेको छ ।दिनरात नभनि हरेक समय जनतालाई सुरक्षा दिईरहेका सुरक्षाकर्मी नै असुरिक्षत रहदै ड्युटी पूरा गरि रहेका छन् । यतिबेला कपिलवस्तु प्रहरीले आफनै श्रोत साधनमा स्वास्थ्य सामाग्री जुटाई सुरक्षा प्रबन्ध मिलाउदै आएको प्रहरी उपरिक्षक दिप शम्सेर जवाराको भनाइछ । 

        सुरक्षामा खटिएका प्रहरीले कसैले अस्पत्तालसंग मागेर मास्क लगाएका छन् भने कसैले  कपडाको साधारण घरेलु मास्क किनेर प्रयोग गरेका छन । यी दुबैवाट पनि बञ्चित रहेका प्रहरी मास्क र पञ्जा विना नै सिमा सुरक्षा देखि क्वारेण्टाइनको सुरक्षामा खटिएका छन् । कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशम्शेर जवराका अनुसार सरकारले चिनबाट ल्याईएका स्वास्थ्य सामाग्री सबै जिल्लाका सुरक्षाकर्मीलाई पठाउदा कपिलवस्तु जिल्लाका सुरक्षाकर्मीलाई भने मात्र १५÷२० थानमात्र सामाग्री आएको बताउनुभयो । उहाका अनुसार जिल्लामा करिब ८ सय सुरक्षाकर्मी मध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाईनमा खटिएका  छन ।एसपी जवाराले भन्नुभयो ‘संक्रमणको चिन्ता हामीलाई पनि उत्तिकै छ ,असुरक्षित भए पनि निर्देशनअनुसार खट्नै पर्यो ।’

        यता अर्कोतर्फ विपदको बेला राहत वितरणमा स्थानिय तहहरुमा राजनिति बढेको प्रति उहाले दुखेसो  पोख्नुभयो । केही स्थानिय तहमा राहतका नाममा अनियमितता देखिएको र स्थानियबाट प्रहरी समक्ष गूनासो काफोन आउन थालेको बताउनुभयो । स्थानिय तहका जनप्रतिनिधि र नेताहरु बिचमाआपसी समन्वय नदेखिएको बताउदै राहतमा लुटपाट र राहत वितरणमा रोक लगाउदै तालबन्दी भएका खबरहरु आउन थालेको उहाको भनाई छ । यसले गर्दा अर्को समस्या खडा भएको जवराले तर्क गर्नुभयो । 

            सरकारको निर्देशन पछि केहीदिन देखी विगतको तुलनामा जिल्लामा थप कडाई गर्दै गएको उहाले बताउनु भयो । यता कपिलवस्तुमा जस्तै देखिएको समस्या रुपन्देही जिल्लामा पनि देखिएकोछ। रुपन्देहीमा प्रहरीकालागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री नहुदा काममा समस्या भएको छ । सामाग्रीको पखाईमा रहेको बताउदै केही सामाग्री आफूनै श्रोत र साधानमा खरिद गरिएको रुपन्देहीका प्रहरी उपरिक्षक हेम कुमार थापाले बताउनुभयो । समयमै कतैबाट सुरक्षा सामाग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो डयुटी निभाउन सक्ने उहाको भनाई छ । 

        प्रहरी उपरिक्षक थापाले रुपन्देही जिल्लाको सुरक्षा र क्वारेन्टाईनकालागि प्रभाबकारी ढंगले सुरक्षाकर्मी प्ररिचालन गरेको जानकारी गराउनुभयो । ६० किलोमिटर रुपन्देहीको बोर्डरलाई शिल गरेको बताउदै एक प्रहरीलाई देख्ने गरि अर्को प्रहरी दशगजामा खटाईएको उहाको भनाई छ । यस्तै रुपन्देहीका सिमानाकामा केही सक्रमित भेटिएसंगै लकडाउनको थप कडाईका साथ  काम अघि बढाएको बताउनुभयो । 

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६