रुपन्देही २६ चैत्र ।कोरोनाको संकटको बेला अस्पतालमा उपस्थित नभएको भन्दै लुम्बिनी प्र्राप्रादेशीक अस्पतालमा जिम्मेवारी बहन नगर्ने ५ डाक्टरलाई बर्खास्त गरिएकोछ । प्रदेश सरकार एक्सनमा उत्रिएपछि पाँच जना डाक्टरलाई सेवाबाट हटाइएको हो ।सूचनाबिना अस्पतालमा उपस्थित नभएको भन्दै रेडियोलोजी विभागमा कार्यरत डाक्टर बरदान वली र डाक्टर ताराप्रसाद शर्मा, इएनटी विभागका डाक्टर प्रकास न्यौपाने, यूरो सर्जन डाक्टर सुभाषचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डाक्टर प्रकृती कार्कीलाई सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो ।
अस्पतालमा करार सेवामा नियुक्त भएका ती पाँचै जना डाक्टर अस्पताल प्रशासनलाई जानकारी नदिइ सेवामा अनुपस्थित रहेको भन्दै सामाजिक विकास मन्त्रालयले दिएको निर्देशनअनुसार सेवाबाट हटाउने निर्णय गरिएकोे हो । सुत्केरी विदा, काजक्रिया र बिरामी बिदाबाहेक अरु विदा स्विकृत नगर्न निर्देशन दिएको सामाजिक मन्त्री सुर्दशन बरालले बताउनु भयो । मन्त्री बरालले संकटको बेला सेवामा उपस्थित नहुनेमाथी प्रादेशिक अस्पतालबाट कारबाही सुरु भएको भन्दै हाजिर नहुने डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई कारबाही हुने बताउनुभयो ।
प्रतिक्रिया