ब्रेकिंग न्युज

प्रादेशीक अस्पतालमा जिम्मेवारी बहन नगर्ने ५ डाक्टर बर्खास्त ,प्रदेश सरकार एक्सनमा उत्रियो



रुपन्देही  २६ चैत्र  कोरोनाको संकटको बेला अस्पतालमा उपस्थित नभएको भन्दै लुम्बिनी  प्र्राप्रादेशीक अस्पतालमा जिम्मेवारी बहन नगर्ने ५ डाक्टरलाई बर्खास्त गरिएकोछ । प्रदेश सरकार  एक्सनमा उत्रिएपछि  पाँच जना डाक्टरलाई सेवाबाट हटाइएको हो ।सूचनाबिना अस्पतालमा उपस्थित नभएको भन्दै रेडियोलोजी विभागमा कार्यरत डाक्टर बरदान वली र डाक्टर ताराप्रसाद शर्मा, इएनटी विभागका डाक्टर प्रकास न्यौपाने, यूरो सर्जन डाक्टर सुभाषचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डाक्टर प्रकृती कार्कीलाई सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो । 

    अस्पतालमा करार सेवामा नियुक्त भएका ती पाँचै जना डाक्टर अस्पताल प्रशासनलाई जानकारी नदिइ सेवामा अनुपस्थित रहेको भन्दै सामाजिक विकास मन्त्रालयले दिएको निर्देशनअनुसार सेवाबाट हटाउने निर्णय गरिएकोे हो । सुत्केरी विदा, काजक्रिया र बिरामी बिदाबाहेक अरु विदा स्विकृत नगर्न निर्देशन दिएको सामाजिक मन्त्री सुर्दशन बरालले बताउनु भयो । मन्त्री बरालले संकटको बेला सेवामा उपस्थित नहुनेमाथी प्रादेशिक अस्पतालबाट कारबाही सुरु भएको भन्दै हाजिर नहुने डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई कारबाही हुने बताउनुभयो ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६