प्रदेश

युवा संघ कपिलवस्तुद्धारा अग्नि पिडितलाई राहत वितरण



कपिलवस्तु चैत्र २५

कपिलवस्तुको बिजयनगर १ गुगौलीका अग्नि
पीडितलाई राष्ट्रिय युवा संघ नेपाल कपिबस्तुले राहत वितरण गरेको छ । गत शुक्रबार
उक्त गाउमा २५ घर २४ गोठ जलेका थिए । अग्नि पिडितको परिवारको जीवनयापन गर्न सहज
होस् भनि राहत वितरण गरिएको युवा संघ कपिलवस्तुले जनाएको छ ।


प्रतिघरपरिवारलाइ १ थान सिरक,१ थान
सिरानी,१ थान तन्ना,१ थान कम्बल,र १ थान झुल वितरण गरेको छ । पिडितहरु खुल्ला
आकाशमुनि बस्न वाध्य भएकोले उनीहरुको दैनिकिमा केहि भएपनि राहत हुने उद्देश्यले
वितरण गरिएको केन्द्रिय सदस्य प्रेम चापागाईले बताउनुभयो ।


वितरण कार्याक्रममा राष्ट्रिय युवा संघ
नेपालका केन्द्रीय सदस्य गोपाल ज्ञावालि,प्रेम चापागाई, जिल्ला संयोजक बिजय
कुवर,सहसमयोजक कृष्ण कार्की, पुर्ब जिल्ला अधक्ष्य गणेश के सि, श्यम सुवेदी, कमल
खत्री, बिष्णु हमाल,दिपेन्द्र खड्का , कबिराज अधिकारी लगायतको उपस्थितिमा
गाउपालिका
अध्यक्ष गोपाल थापा मार्फत उक्त राहत हस्तान्तरण गरिएको हो ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६