प्रदेश

पाँचौं भिडियो संवादमा मुख्यमन्त्री, छिमेकीलाई कडाई वढाउन र जोखिम घटाउन आग्रह



बुटवल २६ चैत  कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे आज माननीय मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गर्नुभएको यो पाचौें भिडियो संवाद हो । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर सहभागी  हुनुहुन्थ्यो ।

        छिमेकका पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देशन गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भयो । एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ  ।पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको मुख्यमन्त्रीलाई जानकारी गराउनु भएको थियो । दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन  मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो  ।

    स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरेको सल्लाहकार केसीले बताउनु भयो ।दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने र आवश्यक सहयोग प्रदेशले गर्ने मुख्यमन्त्रीको प्रतिबध्दता रहेको थियो ।

       प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएकोले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न मुख्यमन्त्रील् आग्रह गर्नुभयो केसीले  प्रष्टाउनु भयो ।  क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेस्टिङ गरेपछि मात्रै पठाउने र केही दिनमै ¥यापिड टेस्ट हुने उहाँले बताउनुभयो । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिनु भयो । सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको, सशस्त्र प्रहरीको संख्या बढाइएको र पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो ।

        भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न मुख्य मन्त्री पोख्रेलले आग्रह गर्नु भएको थियो । अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले पालिका प्रमुखहरुलाई आग्रह गर्नु भएको थियो ।  मुख्यमन्त्रीले दाताले सिधै राहत वितरण गर्न रोक लगाउन निर्देशन दिदै राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने मुख्यमन्त्रीको भनाई थियो ।अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनु भएको थिायो ।

    कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिन अघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुंगोमा पु¥याउन मुख्यमन्त्रीले पालिका अध्यक्षलाई आग्रह गरे ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६