प्रदेश

माननीयको पिएको वदमासी , दोहोरो सुविधा लिन्छन सहसराम यादवका पिए



कपिलवस्तु
कपिलवस्तु क्षेत्र नं. १ ख का विधायक सहसराम यादवको निजी सचिव विश्राम यादवले दोहोरो सुविधा लिईएको पाईएको छ । मायादेवि गाउपालिका ३ पडसडा वस्ने विश्राम यादवले दुई तहको सरकारवाट तलव लिने गरेको पाईएको छ । उनले प्रदेश नं. ५ वाट नायव सुव्वा प्रथम श्रेणीको र मायादेवी गाउपालिकाबाट स्वमसेवक शिक्षकको तलव सुविधामा काम गरेको पाईएको छ ।
विश्राम यादव मायादेवी गाउपालिकाले राखेका स्वमसेवक शिक्षक पनी हुन । उनी मायादेवी गाउपालिका ३ फुलिकामा वहरवासीमा रहेको श्री मुनेश्वर माध्यामिक विद्यालयमा अंग्रेजी विषय पढाउने गरेका मायादेवी गाउपालिकाका स्रोत व्याक्ती आमिन प्रसाद चौधरीले वताउनु भयो । गाउपालिकाले मावी तहको स्वमसेवक शिक्षक वापत मासिक १८ हजार रुपैया निर्वाह खर्च वापत तलव स्केल निर्धारण गरेको छ । विश्रामलाई यही आर्थिक वर्षमा स्वमसेवक शिक्षकको रुपमा नियुक्ती दिईएको थियो । यता विधायक जीको निजी सचिव भएको थाहा हुदा हुदै पनी उनलाई नियुक्ती दिईएको हो । 
विश्राम यादव प्रदेश सभा सदस्य तथा समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवका निजि सचिव पनी हुन । प्रदेश सभा सदस्य भए सहसराम यादवले विश्राम यादवलाई निजी सचिव नियुक्ती गरेका थिए । विश्राम यादवले नायव सुव्वा प्रथम श्रेणी स्केल वापत आउने रकम रु २८ हजार वुझ्दै आएका छन ।

तपाईले निममित समाचार अपडेटका लागी हाम्रो फेसबुक पेजमा लाईक गरीदिनु होला । पेजको लिंक तल रहेको छ ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६