ब्रेकिंग न्युज

कार्यालय नगई हाजिर , काम नगरी ६ महिनाको तलव



कपिलवस्तु
कपिलवस्तुको मायादेवी गाउपलिकाका एक कर्मचारीको काम नगरी ६ महिना देखी काम नै नगरी तलव खाएको आरोप लागेको छ । मायादेवी गाउपालिका ४ पकडी स्वास्थ्य चौकीका अनमी निलम श्रेष्ठ ६ महिना देखी कार्यालय नआएको  वताईएको छ । तर हाजीरी अभिलेखमा उनको हाजीरी गरेको फेला परेको छ । कार्तिक ५ गते देखी उनको हाजिरी अभिलेखमा दस्तखत रहेको छ । पछिल्लो हाजीरी चैत्र ९ गते सम्म रहेको छ ।
तिन महिना सुत्केरी विदा पछी उहा नियमित आउन नसकेको हो । ६ महिना देखी नै गायव होईन । सानो काखे वालकका कारण समस्या भएर नियमित नभएको स्वास्थ्य चौकी प्रमुख रन कुमार श्रेष्ठले वताउनु भयो । निलम स्वास्थ्य चौकी प्रमुख रन कुमार श्रेष्ठको पत्नी हुनु हुन्छ ।

अनमी निलम श्रेष्ठको हाजीरी अभिलेख



वडा नं. ४ का वडा अध्यक्ष फतेहमोह्म्मद मुसलमानका अनुसार ति कर्मचारीलाई अहिले सम्म फेला नपरेको वताउनु भयो । मैले अहिले सम्म चिनेको छैन । कार्यालयका अरु कर्मचारीले पनी चिनेका छैनन । स्वास्थ्य शाखा प्रमुख संग मिलेमतोमा तलव खुवाएको अध्यक्ष मुसलमानले प्रेसपाटीलाई वताउनु भयो ।
यता मायादेवी गाउपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र प्रसाद यादवका अनुसार अनमी निलम सुत्केरी विदामा भएको वताउन हुन्छ । सरुमा विदामा हुनु हुनथ्यो विचमा लकडाउन परे पछी भैरहवामा फस्नु भयो । उहा ६ महिना देखी गाएव भएको हैन भन्दै टार्न खोज्नु भयो ।
नियमित समाचार हेर्नका लागी हाम्रो फेसवुक पेजमा लाईन गरीदिनु होला । लाईक गर्नका लागी तल रहेको लिंकमा लाईन गरीदिनु होला ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६