प्रदेश

पूर्वमन्त्री विष्टले पठाए पालिकाहरुमा बोराका बोरा पिपिई,चिकित्सक सुरक्षित ,जनता ढुक्क



गुल्मी २८ चैत्र गुल्मी क्षेत्र नं २ का संघीय सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टले गुल्मीका सबै पालिकालागि १ /१ वोराका दरले ३ सय थान पिपिई पठाएर चिकित्सकलाई सुरक्षित र जनतालाई उपचार पाइन्छ भन्ने निश्चिन्त वनाउनु भएको छ  । गुल्मी जिल्लाका लागि तीन सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट )पीपीई) पठाउनु भएकोहो । जिल्लामा पीपीईको अभाव भइरहेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचार गर्दा ढुक्कसँग सेवा प्रवाह गर्न सहयोग पुगोस भन्ने उद्देश्यले पीपीई उपलब्ध गराईएको सांसद बिष्टका स्वकीय सचिव गणेश श्रीपालीले बताउनु भयो ।

       सासंद बिष्टद्वारा पठाएको पीपीई बिहिवार बिष्टका स्वकीय सचिव श्रीपालीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गर्नु भयो । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा पीपीईको अभाव भएको अवस्थामा स्वास्थ्य समस्यालाई मननगरि सांसद बिष्टवाट गरिएको उक्त सहयोग प्रति आभार व्यक्त गर्नु भयो । तीन सय थान पीपीई मध्य प्रमुख जिल्ला अधिकारी शर्माले गुल्मी अस्पताल तम्घासलाई ६० थान र अन्य स्थानीय तहको हकमा २०/ २० थानका दरले बिहिवार गाउँपालिका प्रमुखहरुलाई हस्तान्तरण गर्नु भएको छ  ।जिल्लामा कोरोना भाईरसवाट उत्पन्न हुनसक्ने संक्रमण तथा त्यसको नियन्त्रण र रोगथामका लागि जोखिम मोलेर स्वास्थ्य सेवा प्रबाह गर्नु परेको अवस्थामा यसले स्वास्थ्यकर्मीहरुको मनोवल बढाउन सहयोग पुग्ने छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनु भयो  ।

        पहिलो चरणमा बिष्टले जिल्लामा तीन सय थान पीपीई पठाईसकेपछि दोश्रो चरणमा थर्मलगन, सेनिटाइजर र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी गर्नु भएको उहाँका स्वकीय सचिव श्रीपालीले जानकारी दिनु भयो ।गुल्मी जिल्लामा बिहिवारसम्म सांसद विष्ट सहित केही व्यक्ति तथा संघसंस्थाहरुको सहयोग ४ सय १८ थान पीपीई उपलब्ध भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे  प्रष्टयाउनु भयो । जिल्लामा अन्य केही गाउँपालिकाहरुले आफ्नै पहलमा पीपीई खरिदगरि आआफ्ना पालिकाका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६