ब्रेकिंग न्युज

क्वारेण्टाइनवाट २८ प्रतिशत घर फर्किए ,क्वारेण्टाइमा ५ प्रतिशत मात्र महिला



कपिलवस्तु २८ चैत्र  कपिलवस्तु जिल्लाका  क्वारेण्टाइमा बसेका कुल ८ सय ४९ जना मध्ये २८ प्रतिशत अर्थात २ सय ३२ जना डिस्चार्ज भएका छन् । अव कपिलवस्तुका  क्वारेण्टाइमा शुक्रवार सम्म ६ सय १७ जना मात्र रहेका छन् । क्वारेण्टाइनमा बसेका मध्ये जसमा २७ महिला र ५ सय ९० पुरुष रहेका छन् । प्रतिशतमा हेर्दा महिला करिव ५ प्रतिशत हुन आउछ ।क्वारेण्टाइमा वस्नेहरुको संख्या दैनिक घट्दै जान थालेको छ ।

        कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ९ सय ८२ सैयाको क्वारेन्टीन निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले १० स्थानीय तहमा शुक्रवार सम्ममा भई घरमा फर्किएको जनाएको छ । फिर्ता हुनेमा सबै भन्दावढी यशोधराका रहेका छन् । जस अनुसार यशोधरावाट ८३ जना रहेका छन् । त्यसैगरी  कृष्णनगरवाट २६ जना, महाराजगंजवाट १२ जना, विजयनगरवाट १६ जना, शिवराजवाट ३२ जना,कपिलवस्तु नगरवाट ३८ जना, वुद्धभुमिवाट ३ जना, मायादेवीवाट ७ जना र सुद्धोधनवाट २५ जनालाई घरमा पठाईएको  छ ।

        भारत लगाएत तेश्रो मुलकुवाट आएकालाई क्वारेन्टीनमा राखिएको र उनीहरुमा कुनै कोरोना सम्वन्धी लक्षण केहि नदेखिएपछि घरमा पठाईएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले वताउनु भयो । जिल्लामा शुक्रवार ८ सय ४९ जनाको स्वास्थ्य जाँच समेत गरिएको प्रजिअ पौडेलले वताउनु भयो । जिल्लाका १० स्थानीय तहले निर्माण गरेका क्वारेन्टीनमा हाल ६ सय १७ जना रहेका छन् । विद्यालय, स्वास्थ्य चौकि तथा सामाजिक कामका लागि वनाईएका भवनमा रहेका क्वारेन्टीन अन्तर्गत कृष्णनगरमा ५२ जना, महाराजगंजमा १ सय ८७ जना, विजयनगरमा १ सय ५८ जना, शिवराजमा २८ जना, वाणगंगामा ८ जना, यशोधरामा २ जना, कपिलवस्तु नगरमा १७ जना, वुद्धभुमिमा ३७ जना, मायादेवीमा ७१ जना र सुद्धोधनमा ५७ जनालाई राखिएको छ । सवैलाई स्वास्थ्यकर्मिको निगरानीमा राखीएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६