तौलिहवा १ बैशाख । कपिलवस्तुमा (कोभिड १९) कोरोना भाईरसको अन्तर्गत तीन दिनमा २ सय ५६ जनाको र्यापिड टेस्ट गरिएको छ । टेस्ट भएका सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत शनिवारबाट टेस्ट सुरु भएको टेस्ट शनिवार १८, आईताबार १ सय १५ र सोमवार १ सय २४ जनाको गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले वताउनु भयो । बिजयनगर गाउपालिकाका १ सय १३, सुद्धोदन गाउपालिकामा ४०, मायादेबी गाउपालिकामा ३५, कृष्णनगर नगरपालिकामा ३४, शिवराज नगरपालिकामा १६ जनाको टेस्ट भएको छ ।
यस्तै कपिलवस्तु नगरपालिकामा १२, यशोधरा गाउपालिकामा ३ र बाणगंगा नगरपालिकामा ४ जनाको टेस्ट भईसकेको छ । टेस्ट भएका सबै जनाको रिपार्ट नेगेटिभ आएको हो । क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको कार्यालयले जनाएको छ । यसैविच कपिलवस्तुमा सामेवार साझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन । साझ सम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाईन बेडमा ८ सय ९२ जना रहेकोमा ३ सय ३२ डिस्चार्ज भई हाल ५ सय ६० जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भएको छ ।
यता कोरोना भाइरसको जस्दै मिल्दोजुल्दो लक्षण देखिएपछि भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना गरिएको छ । मायादेवी गाउँपालिका १ का ५८ वर्षका एक पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको हो । करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले वताउनु भयो । सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस (कोभिड–१९) को मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए ।
अर्काेतर्फ प्यूठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले वताउनु भयो ।
मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको घिमिरेले बताए ।
प्रतिक्रिया