खोज–अनुसन्धान

धनुषामा श्रीमान्–श्रीमती मृत फेला



जनकपुरधाम, ८ कात्तिक

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उहाँको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । उहाँका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उहाँ घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताउनुभयो । “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उहाँले भन्नुभयो । घटनाका कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । –––

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६