ब्रेकिंग न्युज

सुुरक्षा संयन्त्रको ध्यान धार्मिक सस्था केन्द्रित,प्रजिअ कै नेतृत्वमा कहाँ कहाँ पुग्यो अनुगमन टोली ?



कपिलवस्तु २ बैशाख गृहमन्त्रालयले मस्जिद ,चर्च र अन्य  धर्मका मठमन्दिरमा मानिसहरुको चहल पहल र त्यहा भित्रका गतिविधीको सुक्ष्म अध्ययन गर्न दिएको निर्देशन अनुसार कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल,प्रहरी उपरिक्षक दिप शम्शेर जवारा र शसस्त्रका उपरिक्षक जनक पुरी सहितको टोली कपिलवस्तुको तौलिहवा, डुमरा, पचेहरा लगायतका स्थानमा रहेका सामुहिक भेला जम्मा हुने धार्मिक सार्वजनिक स्थलको अनुगमनमा सकृय भएको छ । प्रमुख जिल्ला अधिकारी  नेतृत्वको टोलीले बढि भिडभाड र जमघट हुने सार्वजनिक क्षेत्रहरु मन्दिर, मस्जिद, मदरसा र चर्चको स्थलगत अनुगमन गरेको हो । 

        मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका स्थानको अनुगमनमा पुगेको टोलीले अनावश्यक रुपमा धार्मिक सावैजनिक स्थानमा भिडभाड नगर्न तथा घरमै बसेर पुजा, प्रार्थना र नवाज पढन निर्देशन दिएको छ । टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को तौलेश्वरनाथ मन्दिर हुदै सोही वडाको मदरसा नैमुलउलुम, वडा नम्बर २ को चन्द्रघण्टा दुर्गा मन्दिर र बसपार्कमा रहेको मदरसाको स्थलगत अनुगमन गरेको थियो । अनुगमन टोलीले मायादेवी गाँउपालिकाको वडा नम्बर ६ डुमरा स्थित जामिया मत्लउलुम अलसलफिया मदरसा हुदै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ पचेहरामा रहेको मदरसा र वडा नम्बर ३ महिताको चर्चमा पुगी अनुगमन गरेको थियो ।

        जिल्लाबाट खटिएको टोलीले २ मन्दिर, ४ मदरसा र १ चर्चको अनुगमन सम्पन्न गरेको छ । अनुगमनका क्रममा अनावश्यक व्यक्तिको उपस्थिती र भिडभाड भएको भेटिएन । जिल्ला स्थित सुरक्षा प्रमुखको टोलीले जिल्ला भित्र कोरोना संक्रमणबाट बच्नका लागी बढि भिडभाड हुने धार्मिक सार्वजनिकस्थलको अनुगमन गर्नुका साथै मातहतका निकायलाई अनुगमन गर्न निर्देशन दिएको शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए । कुनै पनि धार्मिक सार्वजनिकस्थलमा सामुहिक भेला, जम्मा हुने तथा भिडभाड गर्ने कार्य हुन नदिन जिल्लाभरका धार्मिक सार्वजनिकस्थलको अनुगमन गरिएको प्रजिअ दिर्घनारायण पौडेलले बताउनु भयो ।

    “हामीले सदरमुकाम सहितका केहि क्षेत्रको अनुगमन ग¥यौ । जिल्लाभरका सामुहिक भेला जम्मा हुने सार्वजनिक स्थानको अनुगमन गर्न तत्ततका सुरक्षा संयन्त्र परिचालन गरेका छौ  प्रजिअ पौडेलले भन्नु भयो ।आईतबार बिरगंजको एक मदरसामा रहेका ३ जनामा एकै पटक कोरोनाको संक्रमण पुष्टी भए सगै सामुहिक भेला र जम्मा हुने सार्वजनिक धार्मिकस्थलको अवस्था बुझि आवश्यक कडाई गर्नका लागी गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको निर्देशनका आधारमा स्थानिय प्रशासनले सोमबार जिल्लाभरमा सार्वजनिक धार्मिकस्थलको एकै साथ अनुगमन गरेको खुल्न आएको छ । कपिलवस्तु जिल्लाभरी १ सय ९४ मदरसा, १ सय ५ मन्दिर, १९ चर्च र ५ गुम्बा लगायतका सामुहिक भेला तथा जम्मा हुने सार्वजनिकस्थल रहेको स्थानिय प्रशासनको तथ्याङ्क छ ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६