प्रदेश

अर्घाखाँची : लकडाउनमा चलेका साधन प्रहरीले यसरी लियो नियन्त्रणमा ,३ सय ६१ जनालाई कोरोना कक्षा



सन्धीखर्क २ बैशाख  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले  लकडाउनमा  चलेका ४६ सवारी साधन नियन्त्रणमा लिएको छ भने  उलंघनकर्ता ३ सय ६१ जनालाई कोरोना कक्षा दिएर पठाइएको छ । प्राप्त समाचार अनुसार  लकडाउनको पटकपटक उल्लंघन गर्ने अर्घाखाँची जिल्लाका बिभिन्न स्थानहरूबाट ४६ वटा सानाठूला गरी विभिन्न सवारी साधनलाई नियन्त्रण लिइएको हो । अनावश्यक रूपमा हिँडडुल गर्ने, जवर्जस्ती सवारी साधन चलाउने ३ सय ६१ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा लिएर एक/दुई घण्टा सम्झाइबुझाई गरी घर फिर्ता पठाइएको र  सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एबं प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो ।

        विष्टका अनुसार सन्धिखर्कबाट हाइस, डबल क्याप, ट्याक्सी मोटरसाइकल र स्कुटी गरी २५ सवारी साधन नियन्त्रणमा लिएको त्यस्तै शीतगंगा नगरपालिकाबाट बस, बलेरो गाडी र मोटसाइकल गरी जम्मा पाँच वटा, पाणिनी गाउँपालिकाबाट नौ वटा मोटरसाइकल, मालारानी गाउँपालिकाबाट, ट्रयाक्टर, ट्याक्सी र भ्यान मोटरसाइकलसहित चार वटा र छत्रदेवबाट तीन वटा मोटरसाइकहरूलाई कारबाही स्वरूप नियन्त्रणमा लिएको र लक डाउन नखुल्दासम्म प्रहरीकै नियन्त्रणमा हुने उनले बताए ।प्रहरी प्रमुख विष्टले भन्नु भयो  ‘अर्घाखाँची प्रवेश गर्ने मुख्य चेक प्वाइन्टहरूबाट सम्झाइबुझाइ गरी सीमानाकाबाटै २ सय ३ वटा सवारी साधन फिर्ता  गराक्एा छौं । हामीहरू कोरोनालाई नियन्त्रण गर्न, फैलन नदिनका लागि दिनरात स्वाथ्यकर्मीहरूसँगै खटेका छौँ, लक डाउन नेपालमा पहिलो अभ्यास भएकोले सुरुसुरुमा अलि थेतुलो भएको हो, अहिले त्यस्तो छैन, प्रहरीलाई नियम पालना गरी सबैले सहयोग गर्न आग्रह गर्दछु ।’जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रहरीको नियमित कामसँगै लक डाउनलाई पूर्णरूपमा कार्यान्वयन गर्न, शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन, कोरोना नियन्त्रण तथा रोकथामका लागि सचेतना फैलाउने, क्वारेन्टाइन तथा आइसोलेसन कक्षको सुरक्षा, स्थाथ्यकमीसँगको सहयोग तथा समन्वयजस्ता महत्वपूर्ण कामहरू निकै प्रभावकारी तबरबाट गरिरहेको स्थानीयवासीले बताएका छन् । बजारदेखि गाउँसम्म जनताको सारथीको रूपमा प्रहरीहरू परिचालन भइरहेका छन् । व्यवस्थित रूपमा प्रहरी परिचालन गरिएका कारण लक डाउन प्रभावकारी हुनुका साथै चोरी तस्करीका घटनाहरू पनि धेरै नै निरुत्साहित भएको पाइन्छ ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६