प्रदेश

क्वारेन्टाइनमा महिलाहरुलाई मर्यादा किट



कपिलवस्तु २ वैशाख । कोरोना भाइरस कोभिड १९ विश्वव्यापी रुपमा फैलिरहेको र नेपालमा पनि १७ जना संक्रमण देखिएको छ ।  कपिलवस्तु जिल्लाका विभिन्न पालिकाका क्वारेन्टाइनमा  ५६० जनामा २७ महिलाहरु रहेका छन । कपिलवस्तु जिल्लाको विजयनगर, महाराजगञ्ज र शुद्धोधन पालिकाहरुका १८ जना महिलाहरुलाई मर्यादा किट वितरण गरिएको छ । क्वारेन्टाइमा भएका महिलाहरुको आत्मबल तथा मनोबल बलियो बनाउन साथै क्वारेन्टाइन महिला मैत्री होस भन्ने उदेश्यले  मार्यादा किट वितरण गरिएको युएनएफपिएका जिल्ला इन्जार्च चित्र महतोले बताउनु भयो ।  युएनएफपिएको आर्थिक सहयोग जिल्ला समन्वय समिति कपिलवस्तु तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा सो किट वितरण गरिएको  कार्यक्रमका संयोजक जियाउल हकले बताउनु भयो ।

उक्त किटमा महिलाहरुको आवश्यक सामाग्री साडी, ब्लाउज, पेटीकोट, सेनेटरी प्याड, नुहाउने साबुन, टुथपेस्ट, ब्रस, काइयो, टर्च, लुगाधुने सरफ, अन्डरवियर लगायतका सामाग्रीहरु सहित झोला दिईएको निमित्त जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले जानकारी दिनुभयो । त्यसै गरी यस्तै प्रकारका किटहरु कपिलवस्तु जिल्लाका अन्य पालिकाहरुको क्वारेन्टाइन भएका महिला तथा किशोरीहरुलाई वितरण गर्ने जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले जानकारी गराउनुभयो । 

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६