लुम्बिनी

शिक्षणमा व्यस्त गुरुहरु कोरोनाले घरायसी काममा



रामपुर, ३ वैशाख  । बिहानदेखि साँझसम्मको समय शिक्षणमा व्यस्त पाल्पा, रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ । उहाँलगायत शिक्षणमा व्यस्त रहने अधिकांश अहिले घरायसी काममा लाग्नुभएको छ । “बिहानसाँझ ट्युसन कक्षा र दिउँसो विद्यालयमा अध्यापनमै व्यस्त भइन्थ्यो तर लकडाउनले घरको काममा व्यस्त भएको छु”, तिमिल्सिनाले भन्नुभयो ।  उहाँले अहिले श्रीमतीलाई घरमा सघाउने, तरकारी लगाउने र  गोडमेल गरेर लकडाउनको समय सदुपयोग गर्नुभएको छ ।

        रामपुरकै कृष्ण सोमै पनि यतिबेला खेतबारीको काममा व्यस्त हुुनुहुन्छ । खेतमा गहुँ स्याहार्ने र  मकै छर्ने काममा उहाँको दैनिकी बितेको छ । बिहान ५ देखि साँझ ७ बजेसम्म लगातार शिक्षण गर्ने सोमै भन्नुहुन्छ, “घरमा श्रीमती एक्लै, आफूले खेतीपाती लगाउने काममा कहिल्यै सहयोग गर्न पाइएकै थिएन, यस पटक भने उनीसँंगै घरायसी काममा खटिरहेको छु”, उहाँले भन्नुभयो ।

        कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनको सदुपयोग गर्दै  एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा जोड दिन घरमै पुगेर आग्रह गर्ने र बेलाबेलामा पढेनपढेको निगरानी गर्ने कार्यमा समेत शिक्षक जुटेका छन् ।  अहिले विद्यार्थीको रेखदेख र  करेसाबारीको काममा नै आफ्नो समय बित्ने गरेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकनाथ पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,“तरकारी लगायो, गोडमेल ग¥यो, विद्यार्थीले पढे वा पढेनन्, उनीहरुको निगरानी गरेर समय सदुपयोग गरिरहेको छु ।” 

        कतिपय शिक्षकले घरमै बसेर पनि परीक्षाको उत्तरपुस्तिका जाँच गर्ने  विद्यालयका योजना बनाउने कार्य गरिरहेका छन् । लकडाउनको समय लम्बिदै जादा घरभित्रै बसेर विद्यालयका भावी योजना तयार पार्ने र  विद्यार्थीको पढाइमा निरन्तरता दिन पृष्ठपोषण दिने काम भइरहेको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपाने बताउनुहुन्छ ।–रासस

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६