अर्थ-वाणिज्य

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण



राँझा (बाँके), १४ कात्तिक

बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरेको छ । गत आवमा तीन किलोमिटर कालोपत्र, चार किलोमिटर ग्राभेल र दुई किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाका मुख्य सडक कालोपत्र भइसकेका छन् भने भित्र सडक पनि स्तरोन्नति गरिएको छ । पालिकाले पूर्वाधार विकास कार्यक्रम, पालिकास्तरीय मर्मत कोष, समपूरक कोषबाट पूर्वाधार निर्माणमा लगानी गरेको हो । गत आवमा पूर्वाधार विकासमा रु चार करोड ८४ लाख १४ हजार ४७० खर्च भएको थियो । सडक निर्माणसँगै विद्यालय तथा स्वास्थ्य संस्थाका छ वटा भवन, पुल, कल्भर्ट, सिँचाइ संरचना, तटबन्ध पनि निर्माण भएका छन् ।

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६