प्रदेश

लकडाउन पालनामा बाणगंगाको कठोर निर्णय, पसल खुल्ने समय तोकियो ,नगर वाहिरका मान्छे ,फलफूल र तरकारी आयातमा प्रतिबन्ध, क्वारेण्टाइन मर्जर हुने



कपिलवस्तु ३ बैशाख बाणगंगा नगरपालिकाको विपद ब्यवस्थापन तथा समन्वय समितिले लक डाउनलाई निकै कडा तुल्याउने निर्णय गरेको छ । आज सम्पन्न बैठकका अनुसार अव वाणगंगा प्रबेश गर्ने चारै तर्फका नाकामा सुरक्षाकर्मी र नगरपालिकाका जनप्रतिनिधीको टोलीले डयुटी दिएर बाणगंगा भन्दा वाहिरका कसैलाई पनि प्रबेश गर्न दिने छैन । बैठकमा बोल्दै वाणगंगाका मेयर मंगल प्रसाद थारुले बैशाख १५ सम्म जतिसुकै कष्ट सहेर पनि लक डाउनलाई साँच्चै प्रभावकारी वनाउने निर्णय वाणगंगावाट भएको वताउनु भयो 

    यसैगरि  दैनिक उपभोग्य बस्तुको खरिद विक्रीकालागि विहान र साझमा खोल्दै आएका पसलहरुलाई अव उप्रान्त विहानमा मात्र खोल्न दिइनेछ । विहान ७ देखि १० वजे सम्म मात्र अत्यावश्यक बस्तु खरिद विक्रीका पसल खुल्ने सहमति भएको उद्योग वाणिज्यसंघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनु  भयो । 

        यसै गरि नगरपालिका भित्र उत्पादन भएका वाहेकका तरकारीहरु विक्री वितरणमा समेत रोक लगाइएकोछ । भारतवाट आउने तरकारी तथा फलफूलको आयात रोक्ने बैठकले निर्णय गरेको छ । उपभोक्ताको स्वास्थ्य सुविधालाई मध्ये नजर राख्दै दिर्घरोगका औषधीहरु जिल्ला वाहिर गएर खरिद गरेर उपलब्ध गराउने ब्यवस्था मिलाउन वडाध्यक्षहरु तयार रहेको बैठकपछि उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो । 

        विपद ब्यवस्थापन समितिको बैठकले अत्यन्तै महत्वपूर्ण निर्णय गरेकोले यसलाई कार्यान्वयनमा सम्पूर्ण नागरिक एकजुट हुन नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाईले आवहान  गर्नु भयो । सुरक्षाकर्मीका लागि पिपिई उपलब्ध गराउने आवश्यकता अनुसार इन्धन उपलब्ध गराउने जस्ता विषय विपद ब्यवस्थापन समितिले निर्णय  गरेको समितिका सदस्य एवम पत्रकार  महासंघका अध्यक्ष डिलाराम भुसालले प्रेसापाटीलाई  जानकारी दिनु भयो । 

        विदप ब्यवस्थापन समन्वय समितिका संयोजक एवम उपमेयर चक्रपाणी अर्यालले बैठकका निर्णय जानकारी गराउदै  नगर भित्रका ५ वटा क्वारेण्टाइन मर्जर गरि अव एउटै क्वारेण्टाइन पूर्ण मापदण्डको संचालनमा ल्याउने औल्याउनु भयो । 

        बैठकमा बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी ,प्रहरी निरिक्षक आयुष प्रसाद जोशी ,शशस्त्र निरिक्षक चन्द्र वहादुर केसी ,बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष एवम बुद्ध आवाज संचारगहृका अध्यक्ष विष्णु न्यौपाने ,वडाध्यक्षहरु गुणनिधी भुसाल ,गणेश क्षेत्री ,विष्णु पौडेल ,सोमप्रसाद अर्याल ,विष्णु गिरी ,भिष्म भुसाल लगायतले पहिलो चरणमा वितरण भएको राहत प्रभावकारी भएको धारणा राख्नु भएको थियो । 



प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६