प्रदेश

जिसस सहितका सबै तहमा अनुदान ,प्रदेश सरकारले बाड्यो साढे १३ करोड, कसले कति पाउने ?



रुपन्देही  ३ वैशाखमुख्य मन्त्री एवम अर्थमन्त्री शंकर पोख्रेलको प्रस्तावमा प्रदेश मन्त्री परिषदको बुधवार वसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । जस अनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपियाँका दरले अनुदान दिइने छ भने नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपियाँ दिइने प्रदेश सरकारले जनाएको छ ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपियाँ दिइने छ भने प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपियाँ दिइने छ ।

        त्यसैगरी प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपियाँको दरले अनुदान उपलव्ध गराइने बताईको छ । मन्त्रिपरिषद बैठकले १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपियाँको दरले ६० लाख दिइने छ भने जिल्ला समन्वय समितिको अनुगमनको कामलाई प्रभावकारी बनाउने तथा बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने पनि निर्णय भएको सल्लाहकार केसीले जानकारी दिनुभयो ।

            यसरी वितरण हुने रकम प्रदेशभित्रका कुल एकसय नौं स्थानीय तहलाई जम्मा १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपियाँ रहेको छ ।त्यसैगरी कोरोना विशेष अनुदानको रकम खर्च गर्न प्रदेश सरकारले सर्त पनि राखेको छ । प्राप्त रकम स्थानीय तहहरुले आफूहरुले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्ने र स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्न पाउने प्रदेश सरकारको निर्णयमा जनाइएको छ ।

        त्यसैगरी लकडाउनबाट अति प्रभावित हुने श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन राहत प्रदान गर्नुपर्ने भएमा खाद्यान्न सामग्री खरिद गरी वितरण गर्न खर्च गर्ने र त्यस्ता वर्गको पहिचान र राहत वितरण सम्बन्धित स्थानीय तहहरुको वडा कार्यालयहरु मार्फत खर्च गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरिएको छ ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६