ब्रेकिंग न्युज

बिपदका बेला जनमुखी सत्ता ,घर घर मै बाँडियो ४ करोडबढी भत्ता



कृष्णनगर ४ वैशाख कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ का ७५ वर्षीय मतिउल्ला मुसलमानलाई नगरपालिकाका प्रतिनिधिले घरमै आएर वृद्धाभत्ता दिएपछि खुशी हनु भएको छ । सधैँ वृद्धा भत्ता लिन अर्काे टोलमा जानुपर्ने भए पनि यस पटक आफ्नै घरमा आएर रकम दिएको उहाँले बताउनुभयो । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घर घर पुगेर वितरण गरेका छन् । बैंकिङ प्रणाली लागू नगरेका स्थानीय तहले अहिले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । 

        कपिलवस्तुको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर वितरण गरिसकेका छन् । कृष्णनगर नगरपालिकाले चार हजार ८९० जनालाई भत्ता वितरण गरेको सूचना अधिकारी साकिर अहमद साहले जानकारी दिनुभयो । दोस्रो चौमासिकअन्तर्गत घर घरमा पुगेर चार करोड २३ लाख ९१ हजार ७०० वितरण भएको उहाँले बताउनुभयो सङ्कटको बेलामा सरकारले प्रदान गर्ने भत्ता वितरण गरेपछि नागरिकको जीविकोपार्जनमा केही सहजता भएको नगप्रमुख रजतप्रताप साहले बताउनुभयो ।

            लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । गाउँपालिकामा रहेका सात वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई दुई करोड ५६ लाख वितरण गरिएको उहाँले बताउनुभयो । शिवराज नगरपालिकाले पनि बैंकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६