अर्थ-वाणिज्य

मुख्यमन्त्री महराले सिलन्यास गरेको विग स्कूलमा के के छन् विशेषता ?




देउखुरी ७ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय मौरीघाटको विद्यालय भवनको शिलान्यास गरेका थिए ।संघिय सरकारको विशेष अनुदान अन्तर्गत ८ करोड ९७ लाख ३८ हजार ३ सय ६२ पैसा लागतमा बन्न लागेको १६ कोठे विद्यालय भवनको सोमबार शिलान्यास गरेका हुन् । विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले विद्यालय भवन निर्माण सँगसँगै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन जरुरी रहेको बताए।

अहिलेको युग प्रविधिको युग भएको बताउनु हुदै मुख्यमन्त्री महराले विश्वको हरेक देशका जनशक्तिहरु सँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने बताए । त्यस्तै मुख्यमन्त्री महराले भौतिक विकासले मात्रै शैक्षिक गुणस्तर वृद्धि नहुने उल्लेख गर्दै शिक्षकको पेशा प्रति लगनशीलता र विद्यालयको व्यबस्थापकीय पक्ष उत्कृष्ट हुनुपर्ने बताए ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष पहलमा कुलप्रसाद केसी मुख्यमन्त्री र कृष्णध्वज खड्का अर्थमन्त्री भएको बेला विद्यालय भवनको बिस्तृत कार्य योजना तयार गरि विद्यालयको काम अघि बढाइएको थियो । विद्यालय भवनको आँशु निर्माण सेवा, बिजुवार प्युठानले तीन वर्ष भित्र काम सक्ने लक्ष्यका साथ सम्झौता गरि निर्माणको काम शुरु गरेको निर्माण व्यावसायी बालाजु श्रेष्ठले जानकारी दिए ।

राप्ती गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यता एवम् पूर्व मुख्यमन्त्री कुल प्रसाद केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पूर्व अध्यक्ष नुमानन्द सुवेदी, प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख ईन्जिनियर छविराज पोख्रेल, शिक्षक लगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य सहभागीता रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक बसन्त राज घिमिरेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक केशवराज आचार्यले गरेका थिए ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६