अन्तर्राष्ट्रिय

भारतिय मिडियाको दावी कपिलवस्तुमा लुकेको छन् जमाती ।



कपिलवस्तु ६ बैशाख भारतीय पत्रिका राष्ट्रिय साहाराले नेपाल भारतको सिमाक्षेत्रको कपिलवस्तु भित्र जमाती लुकेर वसेको दावी गरेको छ । दिल्ली मकरजवाट आएका तबलिगी  जमाती चन्द्रौटा क्षेत्रमा लुकेर वसेको दावी गरेको छ । यो मुस्लिम धर्म प्रचारक सस्था हो । यसले भारतको निजामुद्धिनमा आयोजना गरेको सम्मेलनवाटै भारतमा कोभिड १९ फैलिएको भारतीय मिडियाको दाविछ । 

        यता जावाभारी क्षेत्रमा पाकिस्तानबाट आएका मानिसहरु समेत लुकेर वसेको साहाराले समाचार छापेको  छ । राष्ट्रिय साहाराकालागी वढनीवाट रिपोर्टिङ काम गर्ने पत्रकार अजय प्रताप गुप्ताले यो समाचार तयार पारेका हुन । वढनी कृष्णनगसंग जोडिएको क्षेत्र हो । गुप्तासंग प्रेस पाटीले सम्पर्क समेत गरेकोछ जस अनुसार नेपाल प्रहरीले मदरसामा छापा हानेपछि उनीहरुले स्थान परिवर्तन गरेको वताउनु भयो । लकडाउन सुरु भएपछि चोर वाटो लुकेर आएका थिए । 


            निजामुद्धिनवाट नेपाल प्रवेश गरेका २६ जना  कृष्णनगर स्थित लक्ष्मि नगरवाट भित्र प्रबेश गरेको भारतीय मिडियाको दाविछ । यता उनीहरु चन्द्रौटाको सिद्रा वजारमा रहेको एक घर र सिवराज ६ को एक ईटा भट्टामा लुकेर उनीहरु वसेको श्रोतको दाविछ । सोही दावि अनुसार वडा प्रहरी कार्यलय चन्द्रौटाले २ दिन अघि छापा हानेको थियो । छापा हान्नु पूर्व धार्मिक रुपमा आरोप लाग्न सक्ने भन्दै स्थानीय ३ मुस्लिम अगुवालाई साथमा लिएको थियो । सोही क्रममा सूचना लिक भएपछि उनीहरुले वसाई सरेको वताइएको छ । 

        प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिले सम्म केही फेला परेको छैन । एक जना पाकिस्तानी नागरीक फेला परेका छन । उनी माघमा कानुनी तरीकाले नेपाल प्रवेश गरेको प्रमाण फेला परेको छ । भारतीय मिडीयाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तिब्रता दिन्छौं उहाले भन्नु भयो । 

    यता प्रदेश मदसरा वोर्डका उपाध्यक्ष मौलाना मक्सुद नेपालीले मदरसा वन्द भएपछि धेरै भारतिय मौलानाहरु भारत गई सकेका छन । करिव ५० को आसपासमा जान पाउनु भएको छैन । उहाहरु होम क्वारेन्टाईनमा वस्नु भएको छ । समाचार आएपछि मदरसामा अनुगमन गर्ने  नेपालीले वताउनु भयो ।भारतको निजामुद्धिनमा हेडक्वाटर  रहेको तवलिदी जमातीका कार्यकर्ता  रातभरमा  सकृय हुन्छन् । दिउसोमा उनीहरु आराम गर्छन । भारतीय संचार माध्यमका अनुसार उनीहरु नेपालमा वर्षमा ३ पटक विभिन्न क्षेत्रमा प्रबेश गरेर धर्मको सुदृढीकरणकालागि काम गर्दै आएका छन् । यता निजामुद्धिनमा सहभागि भएर फेला परेका प्रायसबैमा कोरोना संक्रमण देखिएकाले ती जमातीहरु यतिबेला खोजीको सूचीमा परेका हुन् ।

         विवरणमा जनाइए अनुसार भारतको दिल्लीस्थित निजामुद्धिनको मर्केज अहिले चर्चामा छ । त्यहाँ मार्च महिनाको मध्यतिर एउटा धार्मिक भेला भएको थियो । तब्लिगी जमत भेलामा सहभागी भएकाहरुमै कोरोना भाइरसको संक्रमण देखिनथालेको छ । भारतभित्र र बाहिरका मुसलमान समुदायको भेलामा चार हजार सहभागी थिए । भेलामा सहभागी भएकामध्ये दिल्लीमा मात्र १८ जना र तालिमनाडुमा ५० जना संक्रमित भेटिए । उनीहरु सबै भेलामा सहभागी थिए । तामिलनाडुमा ५ जनाको मृत्यु भइसकेको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले ट्वीट गरी निजामुद्धिन मर्कज क्षेत्रमा २ हजार ३ सय ६१ मानिसलाई निकालिएको छ । जसमध्ये ६१७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

        निजामुद्धिन मर्कज मस्जिद तब्लिगी नेटवर्कको केन्द्र हो । त्यहाँ विश्वभरका मुसलमान समुदायको भ्रमण भइरहन्छ । यसपटक भएको भेलामा पनि विदेशीहरु पुगेको रेकर्ड छ । भारत सरकारले निजामुद्धिनको तबलिगीका सेवकहरुलाई ट्रयाक गरेको खुलेको छ ।नेपाललगायत, इन्डोनेशिया, मलेशिया, थाइल्यान्ड, म्यानमार, बँगलादेश, श्रीलंका र किर्गिजस्तानका मुसलमान समुदाय तवलिगी जमातको सेवाका लागि पुग्ने गर्छन् । उनीहरुले हजरत मुजाहिद्धिनीको बंग्लेवाली मस्जिदमा जानकारी गराउँछन् ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६