प्रदेश

कृषि एम्बुलेन्स मार्फत तरकारी ढुवानी शुभारम्भ, कोरोनाले खडा गरको चुनौतीवाट नयाँ अवसर श्रृजना : मन्त्री पौडेल



रुपन्देही ८ वैशाख  प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषकहरुले उत्पादन गरेको कृषि उत्पादन कृषि एम्बुलेन्स मार्फत ढुवानी शुभारम्भ गर्नुभएको छ । उहाले सो अवसरमा कोरोनाले खडा गरेको चुनौती नेपालमा कृषिमा नयाँ आयाम थप्ने गरि अवसरका रुपमा सदुपयोग गर्नु पर्ने स्पष्ट पार्नु भएको छ । त्यस अवसरमा मन्त्री पौडेलले लकडाउनको समयमा कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन प्रदेश ५ मा ४४ वटा कृषि एम्बुलेन्समार्फत कृषकलाई सहयोग गर्न लागिएको बताउनु भयो । 

        स्थानीय तहमा रहेका कृषि बिकास शाखा र पशु सेवा शाखाको समन्वयमा कृषकले बोलाएको स्थानसम्म पुगेर बजारसम्म कृषि उपज पु¥याउन सहयोग गर्ने मन्त्री पौडेललले बताउनु भयो । रुपन्देहीको देवदह ११, गुमीमा कृषकहरुले उत्पादन गरेको कृषि उपज तरकारी कृषि एम्बुलेन्समा ढुवानीको लागि सुभारम्भ गर्दै उहाँले कृषकको खेत बारीमा उत्पादन भएका कृषि उपज संकलन गरेर बजारसम्म पु¥याएर उपभोक्तालाई सहजरुपमा तरकारी उपलब्त्र गराउन प्रदेश सरकार निरन्तर लागिरहने बताउनु भयो ।

        देवदह नगरपालिकामा तीनवटा ठूला ठूला तरकारी उत्पादनका पकेट क्षेत्रहरु रहेका छन् । तीनवटा पकेट क्षेत्र मध्ये देवदह ११ र १२ मा रहेको तरकारी पकेट क्षेत्रमा यो मौसममा तरकारी बढि उत्पादन हुने गरेको छ । देवदह ९ बुद्धनगरमा रहेको तरकारी कृषकहरु आफैले बजारीकरण गरिरहनु भएको छ । प्रदेशको स्मार्ट कृषि भिलेजको रुपमा बिकास गरिएको बुद्धनगर क्षेत्रमा तरकारी धेरै उत्पादन भए पनि बजारीकरण गर्न सजिलो हुने गरेको छ । 

        देवदह नगरपालिकाले भारतीय बजारको तरकारी निषेध गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरे अनुसार तरकारी संकलन गरि बजारीकरणमा सहयोग गर्न प्रदेश संग समन्वय गरेर काम सुरु गरेको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु उचित मुल्यमा बजारीकरणको लागि देवदह नगरपालिकाले सधै सहयोग गर्ने नगर प्रमुख खत्रीले जोड दिनु भयो । सोही अवसरमा देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले कृषकका समस्याहरु समाधान गर्न देवदह नगरपालिका निरन्तर लागि रहने बताउनु भयो । उहाँले देवदहलाई कृषि उत्पादनमा आत्मनिर्भर गराउन नगरपालिकाले बिशेष कार्यक्रमहरु संचालन गरिरहेको दावी गर्नु भयो ।

    देवदह नगरपालिकामा एक सय हेक्टर क्षेत्रफलमा बिभिन्न तरकारी खेती भईरहेको देवदह नगरपालिकाका कृषि शाखा प्रमुख अश्विनीप्रसाद शर्माले बताउनु भयो । हाल देवदहमा बन्दा, फूलगोबी, भण्टा, ब्रोकाउली, टमाटर, करेला, काँक्रा फर्सी, घिरौला लौका, बोडी, भिण्डी लगाएतका तरकारीहरु किसानहरुले उत्पादन गरिरहेको कृषि शाखा प्रमुख शर्माको भनाईरहेको छ । देवदह ११ गुमीमा रहेको तरकारी संकलन तथा ढुवानी कार्यको शुभारम्भ कार्यक्रममा कृषक    हरुले बजारीकरणको भन्दा पनि उन्नत वीउ, मल, बिषादी र कृषि सामाग्री पाउन नसकेको गुनासो गरेका थिए । देवदह ११ का कृषक बैरागी मल्लाहले तरकारी खेती गर्न भनेर जोतेर राखेको ५ कट्ठा खेत वीउ नपाएपछि बाँझै छोड्नु परेको गुनासो गर्नुभयो । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६