ब्रेकिंग न्युज

१४ जना जम्मा हुदा पक्राउ, २ सय जम्मा हुदा सुरक्षा । कपिलवस्तुमा लकडाउन खुकुलो हो कि प्रशासन ?



कपिलवस्तु , १० वैशाख
    विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि देशभरी लकडाउन गरेको छ । र त्यो निरन्तर छ । लकडाउनका क्रममा पनि कतिपय खुला सीमानाका कारण कोरोना संक्रमितहरु नेपाल प्रवेश गरे । आज त्यहि अवैध प्रवेशको नतिजाले उदयपुर जिल्लालाई कोरोना इपिसेन्टर बनाएको छ । देशमा संक्रमितहरुको संख्या बढ्दो छ । भारतीय सीमाक्षेत्रका जिल्लाहरु सबै भन्दा बढि जोखिममा छन् । कपिलवस्तुमा हाल सम्म कोरोना संक्रमित नभेटिएपनि संगै जोडिएको उत्तरप्रदेशको सिद्र्धाथनगर र गोण्डा जिल्लामा संक्रमितहरु धमाधम फेला पर्दैछन् । तर केहि दिन यता कपिलवस्तुमा लकडाउन निकै खुकुलो बन्दै गएको छ । जिल्लाको सीमा क्षेत्र कृष्णनगर, बहादुरगंज, चन्द्रौटा, महाराजगंज, पकडी, लबनी लगायतका क्षेत्रमा लकडाउनको व्यापक उलंघन गरिएको छ । अन्य क्षेत्रमा बेलुकी र विहान मात्र लकडाउन उलङ्घन गरिएपनि सबै भन्दा बढि बहादुरगंज र चन्द्रौटामा दिनभरी लकडाउनको वेवास्ता गर्दै चोक, बजारहरुमा भीड जम्मा भइरहेको छ । खाद्यान्न, तरकारी लिने बहानामा चोक चोकमा ५० भन्दा बढि व्यक्तिहरु जम्मा हुदा समेत प्रशासनले वेवास्ता गरिरहेको छ । बुधबार मात्रै बहादुरगंज, कृष्णनगर र लबनीमा लकडाउन उलङघन गर्दै सर्वसाधारण निर्वाध घुमिरहेका थिए भने सुरक्षा निकायको उपस्थिती न्यून सरह थियो ।
    प्रशासनले लकडाउन उलङ्घन गर्नेहरुमा पनि विभेद गरिरहेको स्थानीयहरुको भनाई छ । बाणगंगा, बुद्धभूमी, मोतिपुर र तौलिहवा बजार क्षेत्रमा कडा लकडाउन गरिएको छ । तरकारी किन्न समेत अनुमति दिइदैन । तर कतै राहतको नाममा सयौको संख्यामा नगरपालिका घेरिएको छ । कतै वृद्धभत्ताको नाममा बैंकमा भीड छ भने कतै चिया र पान पसलमा दर्जनौ व्यक्ति रमाइरहेका छन् । ४ दिन अघि मात्रै प्रशासनले पकडीमा १४ जना एकै ठाउँमा धार्मिक प्राथना गर्न जादा पक्राउ गरेको थियो । तर त्यसको अर्को दिन शिवराजको चन्द्रौटामा वृद्धभत्ता लिन कामना सेवा बैंक भित्र २ सय बढि व्यक्ति थिए । भीड यति धेरै थियो कि प्रहरीले कारवाही गर्ने र भीड हटाउनुको साटो सुरक्षा दिइरहेको थियो । त्यसको १ साता अघि मात्रै राहतमा भेदभाव गरिएको भन्दै शिवराज, कृष्णनगर र २ साता अघि महाराजगंजमा भीड जुटेको थियो तर कारवाही कसैलाई गरिएन । थाहा नपाएर प्राथना गर्न गएका १४ जनालाई समात्ने प्रहरीले अरु क्षेत्रमा भीड जम्मा गर्नेलाई किन नसमातेको भन्ने प्रश्न अहिले निकै बेजोडका साथ उठिरहेको छ ।
    नेकपा युवा नेता विजय प्रकाश जैसवालले विहान बेलुकी मात्र खाद्यान्नका पसल खोल्दा एक्कासी चोक, बजारमा भीड बढेको हुदा सामाजिक दुरी कायम राखेर दिनभरी नै खोल्दा ठीक हुने बताउनुहुन्छ । सुरक्षा निकाय यतिखेर सीमा लक गरि डेढ हजार बढि सुरक्षाकर्मी सीमानामा तैनाथ गरिएको हुदा सर्वसाधारण आफै सुरक्षित बन्न सामाजिक दुरी कायम गर्ने र सरकारले गरेको निर्णयको पालना गर्न आग्रह गर्नुभयो । कांग्रेस युवा नेता प्रकाश घिमिरेले लकडाउन व्यवस्थित गर्न प्रशासनले थप नयाँ तरिका र कडाइ गनुपर्ने बताउनुभयो । लकडाउन आफ्नो स्वास्थ्य र परिवारको सुरक्षाको लागि भएको सबै जिल्लाबासीले महशशुस गरि घरमै बसेर सहयोग गर्न समेत घिमिरेले आग्रह गर्नुभयो ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६