गण्डकी

घरमै नमाज पढ्न सुरु



दमौली, १० वैशाख । बन्दाबन्दीका कारण मस्जिद बन्द गरिएपछि तनहुँ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको जानकारी दिनुभयो । “सरकारले बन्दाबन्दी लागू गरेसँगै यहाँ रहेको नुरी हन्फी जामे मस्जिद बन्द छ, मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ”, उहाँले भन्नुभयो, “मस्जिदको मूल ढोकामा नै चाबी लगाइएको छ ।”

गत चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि व्यास नगरपालिकाले पनि मस्जिद, मन्दिर, चर्चलगायत भीडभाड हुने स्थानहरू पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम सबैलाई सूचना जारी गरेर मस्जिद बन्द हुने बारे जानकारी गराइएको थियो ।मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०÷२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे । तनहुँको व्यास नगरपालिकाको दमौली, श्याम्घा, भानु नगरपालिकाको सतिस्वाँरा, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारालगायतका ठाउँमा मुस्लिम समुदायको बसोबास रहेको मुस्लिम अगुवा एवं सञ्चारकर्मी शेष मोहम्मद हनिफ गोरा मियाँ ले जानकारी दिनुभयो । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६