प्रदेश

शितगंगाका तिन वडा खरको छानो मुक्त हुदै



अर्घाखाँची
शितगंगा नगरपालिकामा आर्थिक बर्ष  ०७६–७७ मा ३ वडालाई खरको छाना मुक्त वनाईने भएको छ ।  खरको छानामुक्त कार्यक्रम अन्तर्गत नगरपालिकाका वडा नं. २,३,४ का घर खरका छाना मुक्त हुने भएको छ ।
नगरपालिकाले ३ वडामा प्रति वडा ५६ घरधुरीलाई टिन वितरण गर्ने छ । सो कार्यका लागि वडा बासीहरुलाइ बिवरण उपलब्ध गराउन माग भएको छ । खरको छानो भएकाहरुले वडा कार्यलयमा सम्पर्क गर्नका लागी नगर प्रमुख सुर्य प्रसाद अधिकारीले अनुरोध गर्नु भयो । नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरका लागी अधिकतम ९ फीट का २५ जस्ता पाता उपलब्ध गराइने छ । यस्तै अपांगता भएका, अल्पसंख्यक, दलित र विपदमा परेकालाई समेत जस्ता पाता प्राप्त गर्ने छन ।
कुल १४ वडा नै खरको छानो मुक्त गर्ने योजना नगरपालिकाको रहेको भए पनि यस वर्ष ३ वडामा मात्र कार्यक्रम जाने छ । वडा नम्बर ३ मा ५ घर खरको छानो मुक्त हुन बाँकी रहेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले यसै वर्षमा वडा खरको छानो मुक्त हुने वताउनु भयो । विपन्नको घरलाई जोखिम कम गर्नका लागी आफु लागी रहेको अधिकारीले वताउनु भयो ।  वडा नं. ४ मा ६० घरमात्र बाँकी रहेकोले यस वर्ष सवै घर खरको छाना मुक्त हुने छ । वडा नम्बर २ मा विवरण संकलनको काम भइरहेको छ । अति गरीवलाई प्राथमिकता दिईने छ वडा अध्यक्ष गोवद्धन थापाले जानकारी दिनुभयो ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६