बागमती

गोदावरीको पुरानो राजकुलो सञ्चालन गर्न माग



ललितपुर, १२ वैशाख । गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो अनुगमन गरिएको छ । लामो समयदेखि बन्द रहेको सो राजकुलो सञ्चालनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आज अनुगमन गरिएको हो । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, प्रदेशसभा सांसद चेतनाथ सञ्जेल, क्षेत्र नं ३ प्रदेशसभा सांसद राजकाजी महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलगायत स्थानीय सो अनुगमनमा सहभागी हुनुहुन्थ्यो । 

            अनुगमनका क्रममा मन्त्री फुयाँलले आउँदो आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट राजकुलो निर्माणका लागि रु ५० लाखमुनिको बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणको यस कामलाई अघि बढाउन प्रदेशले सहयोग गर्नेछ । पछि स्थानीय तहबाट यसलाई निरन्तरता दिएर योजना सम्पन्न गर्नुपर्छ ।”सांसद सञ्जेलले आउँदो जेठ महिनासम्म राजकुलोबाट पानी सञ्चालन गर्नका लागि मन्त्री फुयाँललाई आग्रह गर्ने बताउनुभयो । यसैगरी वडा नं। ३ का सांसद महर्जनले गोदावरीका स्थानीयवासी मिलेर यहाँका ऐतिहासिक सम्पदा जगेर्ना गर्न लाग्नुपर्ने आँैल्याउनुभयो । नगरप्रमुख महर्जनले राजकुलोबाट सक्दो चाँडै पानी झार्न आफू पनि लागिपर्ने भनाइ राख्नुभयो । अनुगमनमा रहेका मन्त्री, सांंसद, नगरप्रमुख र वडाध्यक्षले आजै रु छ हजार ३०० उठाइ राजकुलो निर्माण अघि बढाउने भएका छन् ।  

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६