अर्थ-वाणिज्य

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो



नारायणगढ (चितवन), ५ मङ्सिर

गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो । आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताउनुभयो । सहकारीमार्फत गत वर्ष २०० बिघामा आलु रोपिएकोमा यस वर्ष १०० बिघामा मात्रै रोपिएको उहाँले जानकारी दिनुभयो । गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उहाँले मेसिन प्रयोग गर्दा खर्च कम हुने र काम गर्न सहज हुने बताउनुभयो । सहकारीमा हाल ८४ किसान आबद्ध छन् । यस वर्ष सहकारीमार्फत रोपिएको १०० बिघामध्ये मेसिनबाट १२ बिघामा आलु रोपिएको उहाँले जानकारी दिनुभयो । मेसिनले आलु र मल एकैसाथ रोप्ने छ। खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६ दशमलव ५ हेक्टर रहेको र उत्पादन एक हजार ८०९ दशमलव ३८ मेट्रिकटन रहेको छ । उहाँले खैरहनीमा मेसिनबाट आलु रोप्दा उत्पादन राम्रो भएको र एक कठ्ठामा १२ क्विन्टलसम्म फल्ने बताउनुभयो । खैरहनीमा एलआर गोलो, विदेशी ब्लु डायमण्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेको छ । –

प्रकाशित : ६ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६