विराटनगर, १५ बैशाख । विराट नगरमा कोरोना संक्रमितहरुलाई खाना र औषधि दिने व्यवस्था गरिएको छ । कोरोना भाइरसका ३० जना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगरमा रोबर्टबाट खाना र औषधि दिन सुरू गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार संक्रमण नफैलियोस भनेर चिकित्सक तथा विरामीलाई रोवर्टबाट खाना र औषधि पु¥याउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
रोवर्टले किटनाशक औषधिसमेत छर्कर्दै गन्तव्यसम्म पुग्ने मेयर पराजुलीले जानकारी दिए । महानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रोवर्ट आइतबार अस्पताललाई हस्तान्तरण गरिएको पराजुलीले जानकारी दिनुभयो । रोवर्टबाट कोरोना संक्रमितलाई खाना र औषधि दिँदा स्वास्थ्यकर्र्मीहरुमा कोरोना संक्रमित हुने सम्भावना अत्यन्त न्यून हुन्छ ।
प्रतिक्रिया