प्रदेश

कपिलवस्तुमा सर्बपक्षिय बैठकको निष्कर्ष लकडाउनमा ब्यक्ति र सिमामा कडाई,उद्योग, पसल, विकासका काममा लचकता



कपिलवस्तु १५ बैशाख गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पनि जिल्लामा कडाई गरेको जनाएको छ । प्रशासनले मातहतको प्रहरीलाई निर्देशन दिए संगै जिल्लाका सवै क्षेत्रमा कडाई गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी राखेको अवधिमा जिल्लावासिले सरकारलाई साथ दिएका छन् । विगत एक महिनादेखि लकडाउनका कारण कपिलवस्तुका सवै क्षेत्रमा सुनसान रहेको छ भने सडकमा प्रहरीले कडाई गरेको छ । यस्तै कपिलवस्तुमा  जिल्लाका संसद सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मि र सरोकारवालाहरु विच सर्वपक्षिय वैठक सम्पन्न भएको छ ।

        तौलीहावमा सम्पन्न वैठकमा अत्यावश्यक काम सुचारु गर्दै सिमाक्षेत्रलाई लाई थप कढाई गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको सर्बपक्षिय छलफलमा कोरोना विरुद्ध सरकारले गरेको लकडाउनलाई पुर्ण पालना गर्दै जिल्लामा हुने अति आवश्यक कामहरुलाई खुकुलो बनाउने निर्णय भएको छ । साना उद्योगधन्दा, विकास निमार्णका कामहरु सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरबाट सुचारु गरिने भएको छ । छलफलमा सांसद विमला घिमिरेले जिल्लामा भएका क्वारेन्टाइन र आइसोलेसनलाई थप व्यवस्थित गर्नु पर्ने र लकडाउनलाई पुर्णपालना गर्नु पर्ने जनाउनु भयो । छलफलमा बोल्दै सांसद वृजेष कुमार गुप्ताले कोरोनाबाट त्रसिने अबस्था नआएको तर  सचेत भने हुनुपर्ने जनाउनु भयो । जिल्लामा सामाजिक सुरक्षा बितरण गरे जस्तै पेन्सनलाई पनि सहजतरिकाले दिनु पर्ने बताउनु भयो ।

        लकडाउनका बेला अत्यावश्यक समान किनमेलका लागि बजारमा भिडभाड नहुने गरि केहि समय निर्धारण गर्नु पर्ने उहाको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै सांसद अभिषेक प्रताप शाहले लकडाउन सबैले पालना गर्नु पर्ने जनाउनु भयो । सांसद अतहर कमालले क्वारेन्टाइनहरुलाई मर्च गरि एउटा पालिकामा एक मात्र सुविधायुक्त बनाउनु पर्ने जनाउनु भयो ।कार्यक्रममा सांसद विष्णु पन्थिले लकडाउनलाई पालना गर्दै साना विकास निमार्णका कामहरु पनि खुकुलो पार्नु पर्ने जनाउनु भयो । कार्यक्रममा बोल्दै सांसद सहषराम यादवले लकडाउनलाई पालना गर्दै सिमानामा थप कढाई गर्नु पर्ने जनाउनु भयो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको संयोजनमा भएको छलफल कार्यक्रममा लकडाउनको समय अवधिमा भएका कामका बारेमा जानकारी गराइएको थियो ।

    कार्यक्रममा सांसदहरु दृर्घनारायण पाण्डे, धर्मवहादुरलाल श्रीवास्तव, सुष्मा यादव, माला गोतामे,   नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल, तौलीहवा उद्योगवाणिंज्य संघका अध्यक्ष गयादिन कुर्मी  लगायतले सुझाव सहित मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरिक्षक दिपशमशेर जवरा, शशस्त्र प्रहरी उपरिक्षक जनक पुरी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता रहको थियो । यता स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वैकमा पठाएपछि जेष्ठ नागरिकको भिड वैकमा वढन् थालेको छ । जिल्लाको बाणगंगा नगर भित्रका जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक बाहिर जम्मा भए पछि भिड वढेको थियो । जेष्ठनागगरिकको भिड वढेपछि वैकका कर्मचारी तथा सुरक्षाकर्मिले सामाजिक दुरी कायम गरि रकम झिक्न अनुरोध गरेपनि भिड वढेकोमा स्थानीयवासि चिन्तीत वनेका थिए । सरकारले सामाजिक दुरी कायम गरि अत्यावश्यक कार्य गर्न भनेपनि बैकबाट रकम बुझ्न गएका नागरिकमा पालना नगरिएको देख्न सकिन्थ्यो । सोमबार दिउँसो चारनम्बरमा रहेको गरिमा विकास वैकमा सामाजिक सुरक्षा वापतको रकम रकम लिनआउनेको भीड लागेको हो । स्थानीय नागरिकले सुरक्षित रुपमा रकम झिक्न र भिडभाड नगर्न आग्रह समेत गरेका छन् । 

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६