प्रदेश

लकडाउनमा बनजंगल तस्कारको कब्जामा ,जालमा पारेर दूर्लभ जन्तुको सिकार



चन्द्रौटा, १५ वैशाख  लकडाउनको मौकामा बनजंगल तस्कारको कब्जामामा गएको प्रमाण फेला परेको छ । जालमा पारेर दूर्लभ जन्तुको सिकार भएको दोश्रो घटना सार्वजनिक भएको हो । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ लोहोरौलामा मरेको अवस्थामा निलगाइ फेला परेको हो । सोमबार दिउँसो इलाका प्रहरी कार्यालय वहादुरगन्जको टोलिले जालमा फसेको अवस्थामा लिनगाई फेला पारेको जनाएको छ । यस अघि गत सोमबार महाराजगंज नगरपालिका महाराजगंज वडा नं ९ जितपुरमा शिकारीहरुले गोलि हानि मरेको अवस्थामा फेला परेको थियो ।

         जिल्लामा २ वटा निलगाई मरेको अवस्थामा भेटिएको छ । गत हप्ता यस्तै अर्काे घटना भएको थियो । प्रहरीले गाईलाई मारेको क्षेत्रवाट दुई वटा मोटरसाइकल फेला परेको जनाएको छ । लु २५ प ५२२९ र लु २ प २३ नम्बर मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारिएको प्रहरी नायव निरीक्षक अभय रावतले जानकारी दिनु भयो । प्रहरिले मारिएको गाइ र मोटरसाइकल डिभिजन बन कार्यालय गौतमबुद्वलाई बुझाएको छ । घटनावारे अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो । 

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६