प्रदेश

बिपत्तिमा प्रदेश ५को प्रहरी : ७ हजार सडकमा, ७ हजार नियन्त्रणमा, ७ हजार कै उद्धार



कपिलवस्तु १५  बैशाख लकडाउनलाईप्रभावकारी बनाउनप्रहरीको भुमिका महत्वपूर्ण रहदै आएको छ । छिटफुट घट्नामा प्रहरी विवादित बनेपनि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन प्रदेश ५ प्रहरी कार्यालयले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । प्रदेश ५प्रहरी कार्यालयका अनुसार नाकाहरुबाट आवागमन नियन्त्रण गर्नुका साथै लकडाउनको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेशका १२ वटा जिल्लाका बिभिन्न ठाउहरुमा गरि ९ हजार २ सय ३४ पटक माइकिङ गरिएको छ भने बिभिन्न स्थानियतह ,संघसंस्थाहरु संग समन्वयगरि सुरक्षा ब्यवस्थालाई प्रभाबकारी रुपमा अघि बढाईरहेको छ । 

७ हजार प्रहरी परिचालन :

        कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश ५ प्रहरी कार्यालयले ७ हजार प्रहरी परिचालन गरेको छ ।तराईका ६ जिल्लाक सिमानामा ७ सय २८ प्रहरी रातदिन खटिरहेको प्रदेश प्रहरी प्रबक्ता नवराज पोख्रेलले बताउनु भएको छ । रुपन्देहीको बेलहियानाका, बाँकेको रुपैडिया र नवलपरासी, कपिलवस्तु, दाङ, बर्दियाबाट सहजै भारत आउन जान सकिने भएकाले यी नाकामा थपकडाई गर्दै गईरहेको छ । यस्तै प्रदेशभरि १ सय ५१ हेल्थ डेक्स स्थापना गरिएको छ ।भने त्यहा ५ सय ६१ जनाप्रहरी सुरक्षाकालागि परिचालन भएका छन ।

जोखिममा प्रहरी :

    प्रदेश ५ मा रहेका भारतसँगका सीमा क्षेत्रबाट ठूलो संख्यामा आवत जावतहुने भएकाले संक्रमणको जोखिम उच्च छ। यहि आईतबार सम्म प्रदेश ५ का १२ जिल्लामा करिब ३ हजार जनाको आरडीटी परिक्षण गरिएको छ । एक जनाको बाहेक सबैको रिपोर्ट नेगेटिभ छ । पोजिटिभ आएका नवलपारासीका १ जनाको अहिले उपचार भईरहेको छ । प्रदेश भरि १६ जना आईशोलेन कक्षमा रहेका छन । जसमा दाङमा ९ ,बाकेमा ५ ,बर्दियामा १ र प्युठानमा १जनागरि १६ जना रहेका छन । 

सात हजारको उद्धार :

     यस्तै थुनामा रहेकाहरुको परिक्षण पनि गरिरहेको छ । कोराना संक्रमित भेटिएका गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशसँग प्रदेश ५ को सीमा जोडिएको छ । तीनवटै प्रदेशसँग आउ जाउको सम्बन्ध बाक्लो छ । भारतसँग पनि प्रदेश अन्तर्गतका तराईका ६ वटै जिल्लाको सीमा जोडिएको छ ।खुल्ला सिमाना भएका कारण जोखिम बढ्ने त्रास प्रदेश ५ मा रहेको छ । देशका विभिन्न सहरबाट पैदल यात्रागर्दै घर पुग्न आएका पश्चिमी जिल्लाका मजदुर र सर्वसाधारणको भीडसँगै जोखिम पनि बढाएको थियो । त्यसलाई व्यवस्थापनगर्ने क्रममा रूपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका र कपिलवस्तुका बाणगंगा ,शिबराज र बुद्धभूमिले मजदुर र सर्वसाधारणलाई खाना खुवाएर गन्तव्यसम्म पुरयाउनकालागि यातायातको व्यवस्थापन गरेर पठाएको प्रहरीको विवरणमा उल्लेखछ  । उनीहरुको सामान्य स्वास्थ्य परीक्षण मात्र गरेर पठाइएकाले त्यसले पनि जोखिम निम्त्याएको छ ।अहिले सम्म७ हजार १६ जनालाई उद्धार गरि पठाएको प्रदेश प्रहरीले जनाएको छ । 

७ हजार सवारी नियन्त्रणमा : 

विशेषगरी पूर्व–पश्चिमी राजमार्गमा चल्ने सवारी साधनले लकडाउन अवज्ञा गरेको पाइएको पोख्रलेको दाबी छ ।  प्रहरीले अवज्ञा गर्नेलाई केही समय नियन्त्रण लिएर सचेत गराउँदै पुनः अवज्ञा नगर्ने सर्तमा छाडेको छ ।प्रदेश ५ मा लकडानको अवधिमा सानातथा ठूला सवारी साधनगरि ६ हजार ६ सय ६ वटा प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमा ११ सय ४३ जना लकडाउन उल्घङन गर्ने प्रक्राउ परेकाथिए । सबै अवज्ञा गर्नेलाई नियन्त्रणमा लिने कार्य जारी राखिएको र बारम्बार अवज्ञा गरे थुनामा राख्ने चेतावनी दिइएको प्रहरी प्रबक्ताको  भनाई छ ।

        प्रहरी प्रशासनले लकडाउन पालन गराउनगम्भिर रहेपनि स्थानीयवासीहरु भने बिभिन्न बहानामा लकडाउन तोड्ने गरेको छन । प्रवक्ता पोख्रेलकाअनुसार सर्वसाधारणले नै सामाजिक दुरी तथा लकडाउनकोे महत्वव नबुुझ्दा समस्याहरु सृजनाहुने गरेका छन् ।

आधारभूत सामाग्री विहिन :

    जनताको सुरक्षाकालागि अहोरात्र परिचालित प्रहरीहरु आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमापञ्जा छैनभने कतिपयले  मास्क समेत पाएका छैनन् । जनतालाई सुरक्षादिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव खड्किएको छ । जसले त्रासका बिचमा कामगर्न बाध्यभएका छन । प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामाग्री जुटाइ सुरक्षा प्रबन्ध मिलाउँदै आएको प्रहरी प्रबक्ता नवराज पोख्रेलले बताउनुभयो । 

        सरकारले क्वारेन्टाईन रहेका चिकित्सक ,प्रहरीका लागि तत्कालै आवश्यक पर्ने स्वास्थ्य सामग्री र सुरक्षा सामग्री ब्यवस्थापनमा जोड दिनुपर्ने उहाको भनाई छ ।  सबै क्वारेन्टाईनमा परिक्षण गर्ने बिधि ,स्वास्थ्यकर्मीलाई पिपिई दिनुपर्ने आवश्यकता देखिएको छ । सबै प्रदेशबासीलाई शान्ति सुरक्षा र कोरोनाभाईरसबाट बच्न सरकारले गरेको लकडाउनमा प्रहरीलाई सघाउन आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६