प्रदेश

तिलोत्तमाको अग्रता कायमै , ४ हजारलाई तेस्रो चरणको राहत



रुपन्देही १७ वैशाख । अरु पालिकाको तुलनामा धेरै हिसाले अग्रता कायम गर्दै आएको तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण  सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो ।

        तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण गरेको थियो । लकडाउनको समय थपिँदै जाँदा राहतग्राहीहरुको संख्या बढ्दै गएपछि तिलोत्तमाले तेस्रो चरणको राहत वितरण थालेको हो । यस पटकको राहत परिवार संख्याको आधारमा तीन तहमा बाँडेर वितरण गर्न थालिएको नगर उपप्रमुख एवं राहत व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

            कार्यपालिकाको निर्णय अनुसार दुई जना व्यक्ति भएको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई २५ किलो चामल, तीन किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एउटा साबुन समेत प्रदान गरिने उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

        पहिलो र दोस्रो चरणमा लक्षित सबै परिवारलाई दश किलो चामल, दुई किलो दाल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएकोमा यस पटक राहत परिमाणलाई बढाइएको हो । टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको  समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई तेस्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।

        नगरपालिकाले वडाको खाद्य बैंकमा संकलन भएको राहत परिमाणको आधारमा अपुग खाद्यन्न खरिद गरेर वितरण प्रक्रिया अघि बढाएको हो । नगर प्रमुख बासुदेव घिमिरेले राहत लक्षित वर्गसम्म पुगोस् भन्नेमा नगरपालिका सचेत रहेको बताउँदै वास्तविक लक्षित वर्गको पहिचानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । हैसियत भएकाले राहत लिनु भनेको नसक्नेले प्राप्त गर्ने राहत खोस्नु सरह भएको बताउँदै उहाँले नगरपालिकामा रहेका जोकोहीलाई खाद्य अभाव भएमा जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

        संघीय सरकारले दिएको निर्देशनअनुसार राहत वितरणको मापदण्ड बनाएर संकलन, खरिद तथा वितरण गरिएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ । तिलोत्तमाले खाद्य बैंक स्थापना गरी सक्नेहरुलाई स्वेच्छिक खाद्यन्न संकलन गर्न आह्वान गरेको थियो ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६