प्रदेश

आज फेरि हावा हुरीसहित असिना पानी पर्ने, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, १८ बैशाख ।  देशभरको मौसम आज पनि सुधार नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ ।

प्रिमनसुनसमेत सुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख १८ गते विहिबार

दिउँसोः  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख १९ गते शुक्रबार

दिउँसोः  देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भू(भागमा आंशिक बदली रही अपरान्ह पछि  पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षा र वाकी भुभागका केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भुभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षा र वाकी भुभागका केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख २० गते शनिबार

दिउँसोः  देशको पश्चिमी पहाडी भूभागमा मध्यान्नपछि तथा मध्य र पुर्वी भु(भागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको मध्य तथा पुर्वी पहाडी भूभाग र पश्चिमी भूभाग सामान्य बदली तथा पुर्वी खण्डको तराइ भूभागमा आंशिक बदली रही वाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही  स्थानहरुमा  र मध्य भूभागका एक दुइ स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका केहि स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग  र हावाहुरी  सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६