काठमाडौं, १८ बैशाख । देशभरको मौसम आज पनि सुधार नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ ।
प्रिमनसुनसमेत सुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
बैशाख १८ गते विहिबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
बैशाख १९ गते शुक्रबार
दिउँसोः देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भू(भागमा आंशिक बदली रही अपरान्ह पछि पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र वाकी भुभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भुभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र वाकी भुभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
बैशाख २० गते शनिबार
दिउँसोः देशको पश्चिमी पहाडी भूभागमा मध्यान्नपछि तथा मध्य र पुर्वी भु(भागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पुर्वी पहाडी भूभाग र पश्चिमी भूभाग सामान्य बदली तथा पुर्वी खण्डको तराइ भूभागमा आंशिक बदली रही वाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भूभागका एक दुइ स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया